site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कोविड – १९ ले राज्यका धेरै कमजोरी एकैपटक उजागर गरेको छ । सरकार कोरोनाभाइरसको संक्रमण पत्ता लगाउने र उपचारको तयारी गर्ने कार्यमा नराम्ररी चुकेको छ भने मानवीय सहायता विरणमा देखिएका कमजोरीले झडप विरोध प्रदर्शनसम्म भएका छन् । सहायता वितरणका क्रममा सोमबार मिर्चैया – ८ मा भएको झडपमा चार जना प्रहरी र तीन सर्वसाधारण घाइते भएका छन् । सहायता पाउने सूचीमा नाम नभएको भन्दै आक्रोशित भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गर्नुपरेको थियो । यसअघि आइतवार सिरहाकै सुखीपुर नगरपालिका – २ मा पनि प्रहरी र स्थानीयका बीचमा झडप भएको थियो । सर्लाहीको चक्रघट्टा नगरपालिकाका बासिन्दाले सोमवारै जिल्ला प्रशासन अगाडि धर्ना दिए । महोत्तरीको साम्सी गाउँपालिकाका स्थानीयहरूले पनि सहायताकै लागि प्रदर्शन गरेका थिए ।  

चीनको वुहानमा सन् २०१९ को डिसेम्बरमा कोरोनाभाइरसको संक्रमण देखिनेबित्तिकै केही मुलुकले त्यसको सामना गर्ने तयारी गरे । केही अनुदार शासकहरूले सुरुमा संक्रमणको सम्भावनालाई नै निषेध गरे, देशमै संक्रमण सुरु भएपछि पनि लामो समयसम्म अकर्मण्य रहे र अन्ततः जे गरे त्यो पर्याप्त भएन । शासकले यस्तो मूर्खता गर्दा जनघनको ठूलो क्षति सहनु परेको मुलुकको प्रतिनिधि उदाहरण अमेरिका हो । नेपालले पनि अमेरिकाकै पदचिह्न पछ्याएको छ । यद्यपि, केही ज्ञात र केही अज्ञात कारणहरूले नेपालले अहिलेसम्म ठूलो क्षति बेहोर्न परेको छैन । तर, सरकारको कार्यशैली हेर्दा विज्ञहरू तर्सिएका छन् । सरकारले यस्तै मूर्खता र कमजोरी प्रकट गरिरहने हो भने कोभिड –१९ मात्र हैन भोकले पनि  भयावह अवस्था उत्पन्न हुनसक्ने जोखिमतर्फ जनस्वास्थ्य र अर्थशास्त्रका विज्ञहरू समानरूपमा चिन्तित देखिन्छन् । प्रधानमन्त्री केपी ओली र उनका भारदारहरूमात्र सायद चिन्ता मुक्त छन् । यसैले त ढुक्कसँग बन्दाबन्दीको समय थप्तै पार्टीभित्र रडाकोको प्रहसन देखाइरहेका होलान् । 

Prabhu Bank
Agni Group
NIC Asia

जनता बन्दाबन्दीका बेला सहायता माग्न जुलुस निकाल्नुपर्ने  अवस्थामा छन् । बन्दुक बोकेका प्रहरीसँग भिडन्त गर्न उनीहरू रहरले पक्कै गएका हैनन् । आवश्यकतामा रहेका सबैलाई सहायता दिने भन्ने तर केहीलाई मात्र दिने गरेपछि धेरै ठाउँमा असन्तुष्टि उत्पन्न भएको रहेछ । सञ्चार माध्यममा प्रकट विचारलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकै शैलीमा व्यक्तिगत विरोध ठान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले पनि बन्दाबन्दीको निर्णय गर्नुअघि कुनै तयारी गरेनन् । यसैले अहिले संक्रमणको शृङ्खला टुटाउन लागू गरिएको बन्दाबन्दीका बेला जनताम जुलुस निकालेर भिड गर्दै संक्रमण बढाउन बाध्य भएका हुन् । यिनको नामावलीसम्म बेलैमा बनाउन लगाएको भए यस्तो अवस्था आउने थिए । 

कोभिड–१९ को संक्रमणको उच्च जोखिमको क्षेत्रमै भएको यस अव्यवस्थाले सायद डेढ महिने बन्दाबन्दीको उपादेयता समाप्तै बनायो । सहायताको सबैभन्दा बढी आवश्यकता भएका तर हुल बाँधेर वा बल देखाएर माग्न जान नसक्ने गर्भवती, अपाङ्गता भएका, बूढापाकाजस्ता समूहका लागि खोजेर सहयोग गर्ने कुनै परिपाटी र संयन्त्र छैन । राज्यसँग कुन नागरिकलाई संकटका बेला कस्तो प्रकारको सहयोग आवश्यक हुन्छ भन्ने विवरणसमेत देखिँदैन । कहिल्यै त्यस्तो विवरण तयार गर्ने प्रयास पनि गरिएन । पद्धति बसाउने हो भने अझै पनि केही गर्न सकिने समय छ । त्यसका लागि सरकारले अरूका कुरा सुन्नुपर्छ र कमिसनलाई हैन जनहितलाई प्राथमिकता दिनुपर्छ । दुर्भाग्य, अहिलेको सरकारमा यी दुवै गुण देखिएका छैनन् ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  १५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC