site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 रौतहटमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५४

काठमाडौं । रौतहटमा थप दुई जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा रौतहटमा दुई जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । 

उनीहरुलाई यसअघि आरडीटी जाँच गर्दा पोजेटिभ देखाएपछि जनकपुरस्थित प्रयोगशालामा पीसीआर जाँच गर्दा कोरोना नेगेटिभ देखाइएको थियो । 

यसअघि पनि सर्लाहीका १४ वर्षीय किशोरको कोरोना जाँच गर्दा जनकपुरस्थित पीसीआरमा नेगेटिभ देखाएको थियो । तर, काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा पोजेटिभ देखाएको थियो । 

हालसम्म नेपालमा कोरोना संक्रमण देखिनेमा ५४ पुगेका छन् भने १६ जनाको उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०७७  १२:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro