site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीको कदम राजाको ‘कू’ जस्तै हो, लकडाउन नभए बालुवाटार घेर्थ्यौँ 
Sarbottam CementSarbottam Cement

सरकारले दुई दिनअघि जुन अध्यादेश ल्याएको छ, त्यो लोकतन्त्रको मर्मविपरीत छ । यो अध्यादेश प्रधानमन्त्रीले किन ल्याउनुभयो भन्ने विषयमा दुई तीनवटा कोणबाट हेर्न सकिन्छ । 

प्रधानमन्त्रीले आफ्नो दलभित्रको खिचातानीमा प्रतिस्पर्धीलाई तह लगाउनको निम्ति नै यो ल्याउनुभएको हो । देखिने कुरा यही हो । उहाँको पार्टीभित्र जसले उहाँलाई चुनौती दिइरहेका छन् उनीहरुलाई तह लगाउन उहाँले यो ल्याउनुभएको हो । 

प्रतिष्पर्धीलाई तह लगाउन प्रधानमन्त्रीले अध्यादेशको हतियार प्रयोग गर्नुभयो । 

Prabhu Bank
Agni Group
NIC Asia

मैले योसँगै वैधानिकता र वैधता के हो भन्ने विषयमा प्रश्न पनि उठाएको छु । वैधानिकता प्रधानमन्त्रीसँग अहिले पनि छ, किनकि संसदको बहुमत उहाँसँगै छ । 

तर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा ह्यास्ट्याग राखेर स्टेपडाउन केपी ओली भनेर चलाउनु भनेको गम्भीर कुरा हो । हिजोसम्म एकजना मान्छेले पनि त्यो लेख्ने आँट गर्दैनथ्यो । त्यो आँट किन आयो भने केपी ओलीले वैधता गुमाउनुभयो  । 

Global Ime bank

यस्तो संकटको बेलामा मन परे पनि नपरे पनि प्रधानमन्त्रीले गरेको यो कुरा चित्त बुझ्यो यो बुझेन भने पनि कसैले पनि प्रधानमन्त्रीले छोड्नुपर्छ भन्ने आँट गर्दैनथे । अहिले मान्छेहरुले हाकाहाकी भन्न थाले–प्रधानमन्त्रीले वैधता गुमाउनुभयो । सामाजिक सञ्जालमा तीव्ररुपमा यो कुरा आएको छ ।

प्रधानमन्त्रीले यो कानुन ल्याएपछि स्थानीय सरकार, प्रहरी, प्रशासनसम्मलाई कोरोनाको विषय महत्वपूर्ण हुँदै भएन । त्यसलाई उहाँले विथोलिदिनुभयो ।

अर्को विषय राष्ट्रपतिको संस्थामाथि यति धेरै प्रश्न उठ्यो । हामीले अस्तिसम्म देशको राष्ट्रपति हुनुभएन, नेकपाको मात्रै राष्ट्रपति हुनुभयो भने विरोध गर्‍यौँ । उहाँ नेकपाभित्र पनि गुटको राष्ट्रपति हुनुभयो । बैठकको समयसँग मिलाएर अध्यादेश जारी गर्नु भनेको त्यही हो । नेकपाभित्रको एउटा गुटको राष्ट्रपति भएपछि के हुन्छ ?

यो संविधान निर्माण गर्ने बेलामा एउटा विशिष्ट खालको राजनीतिक प्रणालीमा हामीले सम्झौता गरेको हो । त्यसमा हामीले कम्प्रमाइज गरेका हौँ । कुनै पार्टीले प्रत्यक्ष निर्वाचित मागेका थिए, कसैले के कसैले के मागेका थिए । हामीले संसदीय व्यवस्थाभित्रै जाने भनेर सहमति गरेका हौँ । पटक–पटक सरकार फेरिने प्रावधान हटाएर नयाँ प्रावधान समावेश गर्‍यौँ । 

केपी शर्मा ओलीले त्यो कुरा झिकिदिनुभयो । जुन कुरालाई टेकेर उहाँ सत्तामा आउनुभयो त्यहीँमाथि प्रहार भयो । सरकार फेरिएको फेरियै भयो मैले स्थायित्व दिन्छु भनेर आउनुभएको हो । तर त्यो हुन सकेन । 

हाम्रो संविधानमा संवैधानिक सन्तुलन राख्नका लागि विशिष्ट व्यवस्था गरेका हौँ । त्यो हाम्रो विशिष्ट व्यवस्था हो । उहाँले त्यो पनि झिकिदिनुभयो । अब संवैधानिक सन्तुलन बिग्रियो । 

कानुनको शासन होइन कानुनले शासन भन्ने कुरा आयो । हाम्रो संविधान भनेको विधिको शासनले चल्नुपर्छ भन्ने हो । मसँग अंकगणित छ भनेर मैले जे पायो त्यही कानुन बनाएँ भने त्यो दुरुपयोग हो ।

उहाँले संवैधानिक परिषदको कानुनपछि के संकेत गर्नुभयो भने तीनजना मिलेर जे पनि गर्न सकिन्छ भन्ने देखाउनुभयो ।  तीनजना मिलेर संवैधानिक आयोगमा नियुक्ति गर्न पाउनुहुने भयो । सर्वोच्च अदालतका प्रधानन्यायाधीशले उहाँले भनेको कुरामा सहमति व्यक्त नगरे उहाँले फेरि कानुन संशोधन गरेर दुईजनाले पनि गर्न पाइने बनाइदिनुहुन्छ ।

पार्टीभित्रको संख्याको दम्भले पार्टीभित्रै पहिला तर्साउने । तिमीहरुले तलमाथि गर्न खोज्यौ भने म जुन ठाउँ र तहसम्म पुग्न सक्छु भन्ने सन्देश दिने । मैले पार्टी विभाजन गर्न सक्छु भनेर तर्साउने । त्यसले बहुमत कामयै राखिरहने । त्यसपछि संविधान मिचेर कानुन निर्माण गरिरहने । जे कानुन बनाए पनि भयो ।

अब ओलीलाई संविधान र व्यवस्थाको मतलब देखिएन । मेरो ठाउँबाट हेर्दा यसलाई के भन्छु भने संविधान र व्यवस्थामाथिको प्रहार मात्रै नभएर यो त राजाले माघ १९ मा गरेको जस्तै कू हो ।

राजाले पनि संविधानले अधिकार दिएको छ भनेर गरेका हुन् । प्रधानमन्त्रीले पनि त्यस्तै अधिकार प्रयोग गरेका छन् । भन्नलाई के भन्न पाइयो भने मसँग अधिकार छ । कोरोनाको संक्रमण छ । संकटकालजस्तो अवस्था छ । संसद नबसेको बेलामा चोरबाटो प्रयोग गरेर ल्याउने भनेको राजाले ल्याएको भन्दा के फरक भयो र ?

कांग्रेसभित्र खेल्ने सम्भावना कति छ ?

त्यो त सम्भावना नै छैन । कांग्रेसलाई केही हुँदैन । मधेसवादी दल भन्नु पनि नाटक मात्रै हो । देखाउनमात्रै हो । प्रधानमन्त्री र उहाँको नेतृत्वमा रहेका मन्त्रीले अर्को दल फुटाउनका लागि गरिएको हो भन्नुजस्तो निकृष्ट अरु केही हुन्छ ? यो बेलामा यो भन्दा तल झर्ने अरु कुनै ठाउँ छ ?
हामीलाई घरमा थुनेर यस्तो कानुन ल्याउने ? लकडाउन नभएको भए म माइतीघर होइन बालुवाटार घेर्न जान्थेँ । म जुलुस लिएर घेर्न जान्थेँ । प्रधानमन्त्रीले अस्ति भनेको स्वतन्त्रताको कुरा यही हो ?

(थापासँग बाह्रखरीका बलराम पाण्डेले गरेको कुराकानीमा आधारित)


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC