बाह्रखरी
Ncell inner sticky
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
महानगरले थाल्यो आरडिटी परीक्षण
KNP nepal
KNP nepal
बाह्रखरी - आइतबार, वैशाख ७, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको र्‍यापिड टेस्ट थालेको छ ।

विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको र्‍यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने बित्तिकै फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताए ।

Duber nepal

Agani Group

उनले भने, ‘विदेशबाट आएका नागरिक भन्ने बित्तिकै डर फैलिएको छ । उनीहरुले पनि आफू ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो ।’ मेयर शक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गरेका छन् ।

आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ । विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले २९ जना कोरोना पोजेटिभ देखिएका व्यक्ति उपचाररत रहेका छन् । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Nepal Investment bank
Nepal Investment bank
आइतबार, वैशाख ७, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्