विदेश
काठमाडौं । भारतको आसामप्रदेशको कोक्राझारको केन्द्रमा अवस्थित बालाजन तिनालीमा लागेको साप्ताहिक शुकबारे हाटमा अन्धाधुन्द गोली प्रहार गरी आतंककारीले १४ जना सर्वसाधारणको ज्यान लिएका छन् भने १५ जनालाई घाइते बनाएका छन् । टाइम्स नाउले शुकवार जनाएअनुसार त्यहाँ तैनाथ सुरक्षाकर्मीको गोलीबाट आतंककारीमध्ये एक जना मारिएको छ ।
मारिएको आतंककारीबाट एउटा एके४७ बरामद भएको पनि टाइम्स नाउले जनाएको छ । आसामका प्रहरी प्रमुखलाई उद्धृत गर्दै समाचारमा उल्लेख भएअनुसार नेसनल डेमोक्रेटिक फ्रन्ट अफ बोडोल्यान्ड (सोङबिजित)ले त्यो आक्रमण गरेको हो ।
राज्यमा १५ अगस्ट मनाउन सुरक्षा सतर्कता बढाइएकै बेला दिउँसै व्यस्त हाटमा आक्रमण हुनुलाई गम्भीरतापूर्वक लिइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २१, २०७३ १५:३५
प्रतिक्रिया दिनुहोस्