site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘लिगहरू चाँडै सुरु गर्दा गैरजिम्मेवार ठहरिनेछ’
Sarbottam CementSarbottam Cement

एजेन्सी । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण विश्व खेलकुद क्षेत्रमा धेरै असर परेको छ । खेलकुदका विभिन्न गतिविधि स्थगित पनि भएका छन् । 

कोरोनाकै कारण विश्व खेलकुदको महाकुम्भ ‘टोकियो ओलम्पिक’ पनि एक वर्षका लागि सरेको छ । यस्तो अवस्थामा युरोपियन फुटबल लिगहरू पुनः सुरु गर्ने योजनामा छन् । उनीहरूले नयाँ मितिका लागि पनि छलफल गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले भने यस विषयमा फरक मत राखेको छ । फिफाका अध्यक्ष जियनी इन्फान्टिनोले भने युरोपियन फुटबल लिगहरू यति चाँडै आरम्भ गर्नु गैरजिम्मेवारपूर्ण कुरा हुने बताएका छन् । 

“हाम्रो नियममै खेलाडीहरूको स्वास्थ्य पहिलो प्राथामिकतामा भन्ने छ । त्यसैले यो संकटकालको अन्त्य नहुँदासम्म युरोपियन लिगहरू छिटै सुरु गर्नु गैरजिम्मेवारपूर्ण हुनेछ । अहिले कुनै पनि खेल खेलाउनु खेलाडीको स्वास्थ्यसँग खेलबाड गर्नुसरह हुनेछ,” उनले रोयल स्पेनिस फुटबल फेरेडेसनलाई सल्लाह दिने क्रममा भने । 

Global Ime bank

हाल जर्मन क्लब वयार्न म्युनिखले आफ्नो प्रशिक्षण सुरु गरेको छ । जर्मन बुन्डेस लिगा फुटबल जुनबाट पुनः सुरु गर्ने योजनामा छ । विश्व फुटबलका विज्ञहरूले यस्तो अवस्थामा प्रशिक्षण गराउन ठूलो चुनौती भएको पनि बताएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २८, २०७६  १३:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC