site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
भर्चुअल थिएटर फेस्टिभलमा अब दैनिक दुई नाटक
Sarbottam CementSarbottam Cement

काठमाडौं ।  भर्चुअल थिएटर फेस्टिभल ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव –२०७६ मा अब दिनमा दुई नाटक देखाइने भएको छ ।

उत्सव समापनतिर पुगेको र दर्शकको उत्साहजनक सहभागिता र प्रतिक्रियाका कारण अब नाटकको समायावधि पनि थपिएको हो । दिँउसो ५ बजे एकपटक मात्रै प्रदर्शन हुँदै आएकामा आजबाट दिँउसोको १ बजे पनि नाटक प्रदर्शन हुने भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकाले लकडाउनको समयवाधि थपिएसँगै महोत्सवको समयावधि पनि थपिएको थियो । दोस्रो सातामा अघि बढिरहेको महोत्सवको दोस्रो साताको अन्तिम दिन बिहीबारदेखि एकै दिनमा फरक–फरक दुई नाटकको भिडियो प्रदर्शन गर्न लागेको फेस्टिभल निर्देशक केदार श्रेष्ठले बताए । 

उत्सवको समापननजिक पुगिसकेको तर प्राप्त नाटक धेरै भएकाले सबै देखाउन यो निर्णय लिइएको उनले बताए । उत्सवमा बुधबार प्रतीक्षा कट्टेल लिखित तथा विजया कार्की निर्देशित नाटक ‘क्लेशा’को भिडियो प्रदर्शन भएको थियो । 

Global Ime bank

त्यस्तै दिनमा दुई नाटक सुरु हुने पहिलो दिन बिहीबार दिउँसो १ बजे भारतीय नाटककार भरतेन्दु हरिषचन्द्र लिखित, संगीत सापकोटा र आशिष घिमिरेको संगुक्त निर्देशन रहेको नाटक ‘अँधेरी नगरी चौपट राजा’ को भिडियो देखाइँदै छ ।

भने बेलुकी ५ बजे दोस्रो नाटकका रूपमा फ्रान्सेली निर्देशक एलिज बियान्निकको नेपाली भाषामा निर्मित डान्स ड्रामा ‘द फ्लाइट’को भिडियो प्रदर्शन हुनेछ । 

उत्सवमा चे शंकर निर्देशित लु सुनको कथामा आधारित ‘म्याड म्यान्स डायरी’, हीरा बिजुली निर्देशित कर्णाली आर्ट सेन्टरको प्रस्तुति ‘गर्भछिटा’, डेनमार्कको नाटक ‘टु बी’, आयोजककै ‘भोको घर’ तथा आरोहण गुरुकुलको अर्को एक नाटक पनि सूचीमा छन् ।

कोरोना संक्रमणबाट बच्ने एकमात्र उपाय ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टीसीसी नेपाल)ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत) बाट उत्सव सुरु गरेको हो । नाटकको भिडिओ थिएटर मलको अफिसियल पेज फेसबुकपेजबाट लाइभ स्ट्रिमिङ गरिनेछ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २७, २०७६  १०:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC