काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि नेपालभर लागु गरिएको लकडाउनका कारण विभिन्न ठाउँमा फसेका बेलायतीहरु स्वदेश फर्किएका छन् ।
बुधबार २५० बेलायतीको उद्धार गरेर चार्टर विमानमार्फत स्वदेश फर्काइएको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले ट्विटरमार्फत जानकारी गराएकी छन् ।
उनका अनुसार शुक्रबारसम्म २५० बेलायतीलाई फर्काउने गरी काम भइरहेको समेत जनाएकी छन् । उनले बेलायतीहरुलाई सकुशल स्वदेश फिर्ता गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् ।
उनले यसअघि नेपालमा रहेका बेलायतीहरुका लागि यात्रु विमाको अवधि स्वत: ६० दिन बढाइएको बताएकी थिइन् ।
Glad to have helped a full flight of 250 British Nationals leave ???????? today to go home on our charter. Now working on helping 250 more people get home on Friday. @UKinNepalpic.twitter.com/HtWX5K57NI
— NicolaPollitt (@NicolaPollittUK) April 8, 2020