site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

‘‘नागरिकको जीवन रक्षाभन्दा महत्त्वपूर्ण कुरा अरू हुन सक्तैन’’ भन्ने प्रधानमन्मन्त्री केपी शर्मा ओलीको कथनमा विवेक भएको कसैले पनि विमति जनाउँदैन । तर, उनको सरकारले घोषणा गरेका नीतिहरूमा भने नागरिकको जीवन रक्षा र सुविधालाई खासै महत्त्व दिइएको देखिएन । उदाहरणका लागि सरकारले बन्दबन्दीको (लक डाउन) अवधि एक साता बढाउने घोषणा गर्दा त्यसबाट दैनिक मजदुरी गर्नेहरूको जीवन सहज बनाउने कुनै विशेष कार्यक्रम समावेश भएन । स्थानीय तहबाट वितरण गरिएका सहायता पनि वास्तविक गरिबभन्दा राजनीतिक दलका कार्यकर्ता र तिनका कृपापात्रको हातमा परेको गुनासो सुनिएका छन् । परन्तु, प्रधानमन्त्री ओली आफ्ना सहयोगीहरूमाथि लागि भ्रष्टाचारको आरोपको बचाउमा बढी नै केन्द्रित रहे । कोरोनाको संक्रमणै भएको छैन भन्दै हिँड्ने उनका गैरजिम्मेवार मन्त्रीहरूको प्रतिरक्षामा समय खर्चेर उनले देशवासीमा आशा र भरोसा सञ्चार उत्पन्न गराउने अर्को अवसर गुमाएका छन् । 

प्रधानमन्त्री ओलीले मंगलवार देशवासीलाई सम्बोधन गर्ने क्रममा सामाजिक सञ्जाल, सञ्चार माध्यम र समाजमा सरकारप्रति व्यक्त रोषलाई ‘कुप्रचार’ र ‘बेमौसमी बाजा’ भनेर पुनः संवेदनहीनता प्रकट गरेका छन् । कोरोनाको महामारी सामना गर्न सिंगो राष्ट्र एक भएको र रहनुपर्ने यस अवसरमा उनले कटुतापूर्ण अभिव्यक्ति नदिएको भए बेस हुन्थ्यो । जनसाधारण यसै पनि कष्ट र त्रासमा छन् । सरकारले सुरुमा लामो समयसम्म कोरोनाको संक्रमण हुनसक्ने अवस्थालाई नै अस्वीकार गर्यो । त्यसपछि पनि अरू केही साता अकर्मण्यतामा बिताइदियो । अन्तिम अवस्थामा तातेको देखाए पनि सरकारको सिंगो संयन्त्र कमिसनको चक्करमा फस्यो । महँगो मूल्यमा कम गुणस्तरका सामान ल्याएपछि भएको चर्को आलोचनाको दबाबमा सरकारले नै ठेक्का रद्द गरेर ठेकेदारको धरौटी जफत गर्ने निर्णय गर्नु पर्‍यो । अहिलेसम्म सरकारले गरेको भनिएको काम यिनै हुन् । यिनको विरोध गर्दा ‘कुप्रचार’ भन्नु संकटका बेला देशवासीसँग एक भएर उभिनुपर्ने प्रधानमन्त्रीका लागि शोभनीय भएन ।

Prabhu Bank
Agni Group
NIC Asia

केही व्यक्तिले अज्ञान वा हेलचेक्य्राइँवश बन्दाबन्दीको उल्लंघन गरे होलान् तर बहुसंख्यक नेपालीले बन्दाबन्दीको घोषणालाई अवज्ञा गरेका छैनन् । मध्यपहाडबाट पैदलै हिँडेर तराई झर्ने वा महाकालीमा हाम फालेर नदी तर्नेहरूले बन्दाबन्दीको अवज्ञा गरेको ठान्नु न्यायोचित हुँदैन । सरकारका हर्ताकर्तामा नागरिकप्रति दायित्वबोध भए ज्यान जोगाउन भएका यस्ता घटनाको गम्भीर समीक्षा गर्नुपर्थ्यो । प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा त्यस्तो समस्याको सम्बोधन गर्नुपर्थ्यो । ‘जो जहाँ छ त्यही बस्नु' भनेरमात्रै पुग्दैन भन्ने बुझ्नुपर्थ्यो । रह्यो ‘‘सरकारलाई असफल देखाउन  र आफ्ना विभिन्न प्रकारका निहित स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी’’ को आरोप । प्रधानमन्त्री ओलीले पनि बुझ्नुपर्ने हो अहिले प्रमुख विपक्ष र नागरिक समाजले सरकारलाई साथ दिएको देखिएको छ । सरकार असफल भए पनि विपक्षीहरू सत्तामा जाने सम्भावना छैन । यसैले अहिले सरकार असफल हुनेगरी  ‘कुप्रचार’ गरेर कसैलाई लाभ हुन्छ भने तिनीहरू उनै अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै होलान् । देशलाई बन्धक बनाएको नेकपाभित्रको आन्तरिक कलहको समाधान भित्रै खोज्नु उचित हुनेछ । प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य र राष्ट्रिय संकटको हेक्का राखेर महाभारतका दुई खलपात्र ‘धृतराष्ट्र’ र ’दुर्योधन’को संयुक्त अवतारमा प्रकट हुनुभन्दा शान्त, संयमित तथा विवेकी भइदिएको भए नेपालीलाई थोरै भने पनि भरोसा हुने थियो ।     
   


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC