site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
दिवेश अमेरिकन आइडलको शीर्ष २० मा
Sarbottam CementSarbottam Cement

एजेन्सी । चर्चित सिङ्गीङ रियालीटी शो, अमेरिकन आइडलमा दमदार प्रस्तुति दिँदै आएका नेपालका दिवेश पोखरेल शीर्ष २० मा पुग्न सफल भएका छन् । यसअघि पनि उनको प्रस्तुतिले ‘स्ट्यान्डिङ अवेसन’ पाएको थियो । 

यसरी सबैमाझ राम्रो प्रभाव पार्न सफल दिवेसको स्वभावदेखि उनको गायन कला सबै आफूहरुलाई अत्यन्तै मन परेको भन्दै जजहरुले पुनः उनको तारिफ गरेका हुन् । 

अमेरिकन आइडलको शीर्ष २० छनोटमा निर्णायकको भूमिका निकै चुनौतीमय भए पनि दिवेशलाई अगाडि लैजाने निर्णय चाहिँ आफूहरुका लागि सबैभन्दा सजिलो भएको उनीहरुले बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

स्टेजमा ‘आर्थर गन’ को नामले प्रस्तुति दिने गरेका दिवेशले यसपटक लेजेन्डरी गायक बब मार्लीको गीत गाएका हुन् जहाँ उनको पूरै परिवार पनि उपस्थित थियो । जजहरुले यसअघिको प्रस्तुतिमै उनमा बब मार्लीको झलक देखा पर्ने बताएका थिए । 

दिवेशले भने आफू यति ठूलो प्लेटफर्ममा यहाँसम्म आइपुग्ने अपेक्षा नगरेको बताएका हुन् ।  उनले अमेरिकन आइडलको यात्रा अत्यन्तै उत्साहजनक र लामो भएको समेत बताए । 

Global Ime bank

धेरै मान्छेहरुको अगाडि प्रस्तुति दिनु आफ्ना लागि नयाँ कुरा भएकाले पनि यात्रा चुनौतिमय रहेको उनी बताउँछन् । 

यता जजहरुले पनि पहिलोपटक उनी स्टेजमा आउँदा के अपेक्षा गर्ने भन्ने थाहा नभएको तर उनले मुख खोलेर गाएपछि भने उनको आवाजले मोहित भएको र  उनको कलाको पहिचान गर्न समय नलागेको बताए । 

नेपालदेखि अमेरिकासम्म आउँदा म्युजिकको करिअर अगाडि बढाइरहनु वास्तवमै धेरै हिम्मतको कुरा भएको भन्दै शोका होस्टले पनि उनको प्रशंसा गरेका हुन् । 

यसबारे दिवेशले आफ्नो कारण अरु युवाहरुलाई पनि म्युजिक करिअर नछाड्न प्रोत्साहन मिल्नेप्रति आफू धेरै खुसी रहेको बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  ०८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC