site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कैलालीसँग सीमा जोडिएका झोलुंगे पुल बन्द
Sarbottam CementSarbottam Cement

सुर्खेत । सुदूरपश्चिमको कैलालीसँग सीमा जोडिएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकाले आफ्ना सबै सीमा नाका बन्द गरेको छ । कैलालीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि सो गाउँपालिकाले आजदेखि सुर्खेत प्रवेश नाका बन्द गरेको हो । 

सो गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले जामु कुइनेसहित १० नाकाका झोलुंगे पुल, भेरी पुल र कर्णाली नदीमा डुंगा सञ्‍चालनमा रोक लगाएको जानकारी दिए । उनका अनुसार कैलाली जोड्ने कर्णाली नदीका कुमाल्ला सोल्टा, झाला मलेखा, सोभानचौर ताम्चा, गोलापाखा झोलुंगे पुल सञ्‍चालनमा समेत रोक लगाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जामु कुइने कैलाली जोड्ने यहाँको मुख्य नाका हो । सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र कैलाली जिल्लासँग सीमा जोडिएको यस गाउँपालिकाले कैलालीमा सङ्क्रमण भेटिएपछि उच्च सतर्कता अपनाएको हो । गाउँपालिकाले पुलका साथै फेरी, डुंगा सञ्‍चालनमा पूर्णरुपमा रोक लगाएको छ । 

त्यस्तै, अछाम जोड्ने कोलीभरा, मालुमेला, टटाली र डोटी जोड्ने पुक्रे बलाता, तालागाउँ काटई झोलुंगे पुल पनि पूर्ण बन्द गरिएका छन् । “फेरी, डुंगा बन्द गराउने, नदीमा पौडी खेली वा अन्य तरिकाबाट गाउँपालिका प्रवेश गर्न नदिने, वडास्तरमा पुल बन्द गराउने, आवतजावत निषेध गराउने कार्यमा सहयोग गर्न सम्बन्धित वडाध्यक्षले स्वयंसेवक टोली परिचालन गर्नेछन्,” अध्यक्ष शाहीले भने, “यसका लागि प्रतिवडा कम्तीमा १० जनाको स्वयंसेवक टोली खटाउन आवश्यक निर्देशन दिएका छौं ।” -रासस
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC