site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मिर्गौलापीडितलाई निःशुल्क यातायात सेवा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

स्याङजा । जिल्लाका दुई पालिकाले मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् । मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या हुने भएकाले पोखरासम्म लाने र ल्याउने व्यवस्था मिलाइएको ती पालिकाले जनाएका छन् । 

पुतलीबजार नगरपालिकाका नगरप्रमुख सीमाकुमारी क्षेत्रीले लकडाउनका कारण बेलाबेलामा डायालोसिस गर्नुपर्ने बिरामीलाई समस्या नहोस् भनेर नगरपालिकाले एउटा छुट्टै सवारी साधनको व्यवस्था गरेको बताए ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले पालिकाका दीर्घरोगी एवं नियमित औषधि सेवन गर्नुपर्ने खालका बिरामीका लागि गाउँपालिका आफैँले आषधि वितरण गरेको बताउँदै डाइलासिस गर्नुपर्ने बिरामीका लागि पनि विशेष सवारी साधनको व्यवस्था गरी अस्पताल लाने ल्याउने गरिने जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  २२:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC