site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हजारौँको भीडमा थिए कैलालीका कोरोना संक्रमित युवा !
Sarbottam CementSarbottam Cement

काठमाडौं । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । 

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत ११ गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले संक्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरे । 

Global Ime bank

“भारतको मुम्बईको एक होटलमा काम गर्ने रहेछन् । सरकारले लकडाउन गरेको भोलिपल्ट गौरीफन्टा नाकामा नेपाल प्रवेश गर्न पाउनुपर्ने भन्दै नाराबाजीमा उत्रिएको हजारभनदा बढीको हुलमा उनी पनि थिए,” गिरीले भने । 

उक्त दिन भारतबाट फर्किएका एक हजारभन्दा बढी नेपालीले सुरक्षाकर्मीमाथि ढुंगामुढासमेत गरेका थिए । ढुंगामुढा भएपछि प्रहरी बल प्रयोग गर्नुपरेको थियो । 

सोही दिन कैलालीको पूर्वी सहर लम्की पुगेका ती युवकलाई अर्को दिन बिहान लम्कीचुहा नगरपालिका ९ मा रहेको सरस्वती माध्यमिक विद्यालय, प्रतापपुरमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको थियो ।

तस्बिरः सामाजिक सञ्जाल 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६  ०५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC