site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पीपीई जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पीपीई) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीलाई पीपीई अत्यावश्यक काममा मात्र प्रयोग गर्न आग्रह गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले पीपीई धेरैले नभएकाले बिरामीलाई मात्र  समुचित प्रयोग गर्न आग्रह गरेका हुन् । देवकोटाले कोभिड- १९ को सङ्क्रमण दिनप्रतिदिन देखिन थालेकाले नमुना परीक्षणको दायरासमेत बढाइ क्‍वारेन्टाइन अवधि बढाइने जानकारी दिए ।

आज कैलालीमा दुई र कञ्चनपुरमा एक थप सङ्क्रमित देखिएका हुन् । कैलालीमा दुई जनामध्ये एक महिला पहिले सङ्क्रमित रहेको परिवारका सदस्य रहेको उनले जानकारी दिए । “महिला बाहिर कहीँबाट आएको देखिँदैन । पहिले धनगढीमा देखिएको परिवारका सदस्य हुन्,” उनले भने ।

Global Ime bank

उनका अनुसार सङ्क्रमण देखिएका तीनै जनाको अहिले धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनले एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनमा बस्‍न सर्वसाधारणलाई आग्रह गरे । उनले स्थानीय मानिसमा पनि सङ्क्रमण देखिएकोले क्वारेन्टाइनको अवधि बढ्ने बताए । डा. देवकोटाका अनुसार अहिलेसम्म एक हजार ४४१ को नमुना परीक्षण भएको छ भने १५ जना काठमाडौँमा र ५४ जना उपत्यकाबाहिर आइसोलेसनमा छन् । यसैगरी मन्त्रालयको दुईवटा कल सेन्टरमा आज मात्र तीन हजार ४६५ जनाले प्रश्न सोधेका छन् । 

यसैगरी मन्त्रालयको वेबसाइट र मोबाइल एपमा राखिएको कोभिड- १९ को फाराम आफैंले भरेर पठाउने ६ हजार ५२७ जनामध्ये १२६ लाई रेड जोनमा राखिएको छ । परीक्षणका क्रममा ती मानिसमा ज्वरो, रुघाखोकी आउने गरेको उनले बताए । यसैगरी चितवन र बुटवलमा भोलि आइतबारदेखि कोभिड -१९ परीक्षण गरिनेछ । जनकपुर, हेटौंडा, धरान, पोखरा, धनगढी र सुर्खेतबाट यसअघि नै परीक्षण गरिएको थियो । -रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २२, २०७६  १९:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC