site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कोरोना संक्रमण : गायिका कनिकाको पाँचौं रिपोर्ट पनि पोजेटिभ
Sarbottam CementSarbottam Cement

एजेन्सी । बलिउड पाश्र्व गायिका कनिका कपुर लखनउस्थित पीजीआई अस्पतालमा उपचार्थ छिन् । २० मार्चमा कोरोना भाइरस पोजेटिभ देखिएको उनको पछिल्लो पाँचौं रिपोर्ट पनि पोजेटिभ नै आएको छ । 

पाँचौं रिपोर्ट पनि पोजेटिभ आएपछि कनिका अब घर जान छैटौं रिपोर्ट नेगेटिभ आउने आशामा छिन् । तर हालै कनिकाको परिवारले उनमा अब कोरोनाको लक्षण नरहेको र उनको स्वास्थ अवस्था पनि सामान्य रहेको बताएका छन् । उनमा अब कोरोना संक्रमणको लक्षण नरहेको र अब घर जान नेगेटिभ रिपोर्टको प्रतीक्षामा रहेको उनको परिवारले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia


गत साता मात्रै चौथो रिपोर्ट पनि पोजेटिभ आएपछि कनिकाले सामाजिक सञ्जालमार्फत भावुक पोस्ट सेयर गर्दै घर फर्किन निकै आतुर रहेको बताएकी थिइन् ।

लन्डनबाट भारत आएपछि सय जनाभन्दा बढीको उपस्थितिमा उनले आफ्नो जन्मोत्सव मनाएकी थिइन् । तर ती कोही पनि व्यक्तिमा कोरोना पोजेटिभ नभएको पनि भारतीय मिडियाले बताएका छन् । (नवभारत टाइम्स)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  १२:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC