site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट मृत्यु हुनेमा ९५ प्रतिशत युरोपियन : डब्लूएचओ
Sarbottam CementSarbottam Cement

डेनमार्क । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेमा ९५ प्रतिशत युरोपियन मुलुकका भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । युरोपस्थित डब्लूएचओका प्रतिनिधि डा. हान्स क्लजले विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुमा ९५ प्रतिशत युरोपियन भएको र ६० वर्षभन्दा माथिको भएको बताएका छन् । 

उनले भाइरसको संक्रमण जटिल हुनु उमेरभन्दा जोखिमको पक्ष नभएको बताएका छन् । ‘‘अर्बौं मानिसहरु लकडाउनमा छन्,’’ उनले भने, ‘‘विश्वको अर्थतन्त्रलाई नै तहसनहस भएको छ ।’’ 

Prabhu Bank
Agni Group
NIC Asia

"कोभिड-१९ ले वृद्धवृद्धालाई मात्रै प्रभाव पार्छ भन्‍ने सोच पूर्ण गलत छ," कोपनहेगथस्थित अनलाइन न्युज कन्फरेन्समा उनले भने, "युवाहरु पनि पूर्ण सुरक्षित छैनन् ।" 

यसअघि डब्लूएचओका महानिर्देशक टेड्रोस अदानोम गिब्रेससले पनि कोरोनाको संक्रमणको जोखिमबाट युवा पुस्ता बच्‍न नसक्‍ने बताएका थिए ।

Global Ime bank

संयुक्त राष्ट्र संघको स्वास्थ्य नियोगले कोरोना संक्रमणबाट गम्भीर भएकामध्ये १० देखि १५ प्रतिशत मानिसहरु ५० वर्षभन्दा कम उमेर समूहका रहेको बताएको छ । क्लजले भने, "२० वर्ष अथवा किशोरावस्थाका मानिसहरुमा पनि कोरोनाले गम्भीर असर संक्रमण गराएको र केहीलाई आईसीयूमा राखिएका छन् भने केहीको दुर्भाग्यवश मृत्यु भएको छ ।"  -एपी 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC