site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
  कोरोनाबाट बेलायतमा एकदिनमा ३९३ जनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

लन्डन । संयुक्त अधिराज्य बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एक दिनमा हालसम्मकै उच्च मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ३९३ जनाको मृत्यु भएको छ । 

हालसम्म बेलायतमा मृत्यु हुनेको संख्या एक हजार ८०१ पुगेको छ । हालसम्म बेलायतमा कोरोना संक्रमितको संख्या २५ हजार १५० पुगेको छ । १३५ कोरोना संक्रमितलाई उपचारपछि घर पठाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई र स्वास्थ्य मन्त्री म्याट हानकक र बेलायती राजकुमार चार्ल्सलाई पनि कोरोना संक्रमण भएको छ । 

विश्वभर कोरोना संक्रमितको संख्या करिब ८ लाख पुगेको छ भने ३९ हजारलाई कोरोना संक्रमितको मृत्यु भएको छ ।

Global Ime bank

संयुक्त राज्य अमेरिकामा अहिलेसम्मकै बढी कोरोना संक्रमित छन् भने इटालीमा अहिलेसम्मकै उच्च मृत्यु भएको छ । अमेरिकामा एक लाख ६५ हजार कोरोना संक्रमित छन् भने इटालीमा ११ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ । 

स्पेनमा कोरोना संक्रमणबाट आज अहिलेसम्मकै बढी ८४९ को मृत्यु हुँदै जम्मा ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । - बीबीसी 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  २१:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC