site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
एसियामा कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आइसकेको छैन : डब्लूएचओ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्‍व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया र प्यासिफिक क्षेत्रमा नोभेल कोरोना भाइरसको संक्रमण नियन्त्रण नआइसकेको बताएको छ । 

डब्लूएचओका क्षेत्रीय निर्देशक ताकेशी कासाईले मंगलबार भिडियो ट्विटमार्फत एसियामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रण बाहिरै रहेकोले सजगता अपनाउन आग्रह गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

डब्ल्यूएचओका क्षेत्रीय निर्देशक कासाईले अहिले एसियामा देखिएको स्थिर अवस्थाको लाभ लिँदै देशहरूले समुदायमा कोरोना भाइरस थप फैलिन नदिने अवस्था सिर्जना गर्न जोड दिएका छन् ।

अन्य देशमा महामारी फैलिने क्रम जारी रहेको बताउँदै उनले भाइरसलाई नियन्त्रणमा लिने प्रयासमा रहेका एसियाली मुलुकले पनि आफ्नो सुरक्षा व्यवस्था कमजोर हुन नदिने वातावरण तयार गर्न सुझाव दिएका छन् । 

Global Ime bank

पहिलो पटक कोरोनाको संक्रमण देखिएको चीन, दक्षिण कोरिया, सिंगापुरलगायतका एसियाली मुलुकहरुमा कोरोना भाइरस नियन्त्रणतर्फ रहेको पछिल्ला कोरोना संक्रमणका तथ्यांकहरुले जनाएका छन् । 

चीनमा दुई महिना लामो लकडाउन र आवतजावतका साथै सोसल डिस्टन्सिङलगायतका प्रतिबन्धहरु र तीव्र परीक्षण र उपचार प्रणालीको सक्रियतापछि संक्रमणको दर नियन्त्रणमा आएको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC