site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सहायताका नाममा आफू खुसी चन्दा संकलन र राहत वितरण नगर्न आह्वान
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

तनहुँ । म्याग्दे गाउँपालिकाले सहायताको नाममा चन्दा नउठाउन र आफू खुसी राहत वितरण नगर्न संघ संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । म्याग्दे गाउँपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा गाउँपालिकाको मंगलबार बसेको बैठकले कुनै पनि व्यक्तिलाई सहायता गर्नुपरेमा गाउँपालिकाबाट स्वीकृत लिन पनि आग्रह गरेको छ । 

संघ संस्था वा व्यक्तिले दिने सहयोगलाई एकद्वार प्रणालीबाट वितरण गर्न, पारदर्शिता कायम गर्न र लक्षित समुदायका व्यक्तिसम्म पुगोस् भनेर यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताए । गाउँपालिकाले ७ वटै वडाका परिवार संख्या, रोजगारीको अवस्था, आश्रित परिवार संख्या लगायतका विवरणहरू २ दिन भित्र गाउँपालिकामा पठाउन पनि भनिएको छ । 

सोही आधारमा राहत वितरण गरिने गाउँपालिकाले जनाएको छ । विपत व्यवस्थापन कोषमा गाउँपालिकाले २५ लाख वजेट विनियोजन गरेको पनि जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  १७:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC