site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
 अमेरिकाको इलियोनिस राज्यमा केन्द्रले 'गलत मास्क' पठाएपछि...
Sarbottam CementSarbottam Cement

इलियोनिस । संयुक्त राज्य अमेरिकाको संघ सरकारले राज्य सरकारलाई एन-९५ मास्क भनेर सर्जिकल मास्क पठाएको छ । इलियोनिसका गर्भनर जेबी प्रिटज्केरले ह्‍वाइट हाउसले तीन लाख एन-९५ मास्क पठाउने प्रतिबद्धता जनाएको भए पनि सर्जिकल मास्क पठाएको बताएका छन् । 

उनले सोमबारको पत्रकार सम्मेलनमा भने, "मेरो टिमले केन्द्र सरकारले पठाएको तीन लाख मास्कमा एन-९५ मास्क खोजिरहेको छ, जुन केन्द्र सरकारले मलाई नै एन-९५ मास्क पठाउने भनेको थियो । तर, अहिलेसम्म एन-९५ मास्क भेटिएका छैनन् । यहाँ पठाइएका सबै सर्जिकल मास्क हुन् । जुन हामीलाई अहिले चाहिएको छैन ।" 

Prabhu Bank
Agni Group
NIC Asia

"संघ सरकारको कति आवश्यकता छ भन्‍ने विषयमा म धेरै ब्याख्या गर्दिन । तर, पीपीको आकार अझै बढाउनुपर्छ । मुलुकभर पीपीईको माग बढिरहेको छ," उनले थपे ।

इलियोनिसमा केन्द्र सरकारले मेडिकल सामग्री पठाएको यो तेस्रो पटक हो । तर, जति राज्यमा आवश्यकता छ, त्योभन्दा निकै कम सामग्री सरकारले पठाएको गर्भनरको आरोप छ । 

Global Ime bank

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पले रक्षा उत्पादन ऐन ल्याएर पीपीई उत्पादनका लागि विभिन्‍न कम्पनीहरुलाई अनुमति दिनसमेत आग्रह गरेका छन् । 

इलियोनिसमा हालसम्म ५ हजार ५७ कोरोना संक्रमित फेला परेका छन् भने ७३ जनाको मृत्यु भएको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १८, २०७६  ०८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC