site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनासँग लड्‍न 'बन्दुक' होइन, 'साबुन' प्रयोग गर्नुस् !
Sarbottam CementSarbottam Cement

इस्लामावाद । पाकिस्तानको कठोर रुढीवादी, आदिवासी क्षेत्रका मानिसहरुलाई कोरोना भाइरसका बारेमा सचेत गराउन तयार गरिएको एक पास्तो-भाषाको भिडियो अहिले पाकिस्तानमा भाइरल भइरहेको छ । बन्दुक चलाउने उनीहरुको संस्कृतिजस्तै भएको भिडियोमा चित्रण गरिएको  छ। 

भिडियो दिउँसोको समयमा खेतबारीमा खिचिएको छ । जसमा पाबो नाम गरेको एक हिरोले भाइरसलाई पराजित गर्न खोजिरहेको छ । त्यसका लागि गाउँलेहरुले पाबोलाई काठको ब्याट, पेस्तो, तरबार र रकेट बम दिन्छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तर, पाबोले गाउँले भाइरसलाई मार्न गरेका सम्पूर्ण अस्त्रलाई अस्वीकार गर्दै अचम्ममा पार्छ । पाबोले भन्छ - "म यो शत्रुलाई 'खाली हात' ले सिध्याउँछु ।" त्यसपछि उसले साबुन पानीले हात धुन सुरु गर्छ । उसले २० सेकेन्डसम्म भाइरस मार्न हात मिचिमिची धुन्छ । 

,"बन्दुक मेरो कानुन हो," भन्‍नुको साटो पाबोले भन्छ, "साबुन भनेको मेरो कानुन हो ।" अधिकांश पस्तुन आदिवासीलाई बन्दुकसँगको स्वामित्व गहिरोरुपमा जोडिएको हुन्छ । जनस्वास्थ्य सुरक्षासम्बन्धी अभियानहरु वृद्धि गरिरहेको मुलुकमा पाकिस्तान पछिल्लो मुलुक हो । 

Global Ime bank

गत महिना भियतनामले हात धुनेसम्बन्धी जनचेतना जगाउन म्युजिक भिडियो बनाएको थियो । जसमा हात धुने तरिकाबारे बयान गरिएको थियो । भारतले हात धुनेसम्बन्धी जनचेतना जगाउने अभियानमा सेलिब्रेटीहरुलाई प्रोत्साहन गरिरहेको छ । 

पाकिस्तानमा हालसम्म १२ सय कोरोना संक्रमित छन् । जुन दक्षिण एसियामा हालसम्मकै बढी हो । पाकिस्तानमा नौजनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । पाकिस्तानमा विभिन्‍न भागमा लकडाउन घोषणा गरिएको छ । - रोयटर्स 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २१:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC