देश
काठमाडौं । नेपालमा थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
दुबईबाट आएका एक पुरुषलाई कोरोनाभाइरस देखिएको हो ।
स्वास्थ्य मन्त्रालयले पत्रकार यस्तो जानकारी गराएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित भेटिएको जानकारी दिए ।
उनको अहिले धनगढीस्थित सेती अस्पतालमा उपचार भइरहेको छ ।
“उहाँ दुबईबाट आउनुभएको हो । उहाँको बारेमा विस्तृत विवरण प्राप्त गर्दैछौं,” मन्त्रालयका प्रवक्ता देवकोटाले भने , “उहाँ चैत ११ गते भर्ना हुनुभएको हो । स्वाबको नमुना परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको हो ।”
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६ १९:१३
प्रतिक्रिया दिनुहोस्