site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोनाबाट इटालीमा ३७ जना चिकित्सको मृत्यु, संक्रमित ७० हजारभन्दा बढी 
Sarbottam CementSarbottam Cement

रोम । युरोपको कोरोना इपिसेन्टर भनिएको इटालीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ भने मृत्यु हुने दर पनि बढिरहेको छ । हालसम्म इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको इटालीयन संघीय मेडिकल प्रोफेसनल्सले बिहीबार सार्वजनिक गरेको छ ।

इटालीमा सात हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० हजारभन्दा बढी पुगेको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

इटालीमा बुधबार संक्रमण फैलिनबाट रोक्न नयाँ प्रतिबन्धात्मक नियम घोषणा गरेको थियो । जसअन्तर्गत कुनै कोरोना संक्रमण भएको व्यक्ति घर बाहिर निस्किए एकदेखि पाँच वर्षको जेल सजाय तोकिएको थियो ।
सरकारले तोकिएको क्‍वारेन्टाइनको नियम उल्लंघन गर्नेलाई पनि जरिवाना तोकिएको थियो । 

चीनले इटालीको सहायताका लागि तीन टोलीसहित मेडिकल उपकरणहरु त्यसतर्फ पठाएको छ । तर, कोरोना संक्रमण नियन्त्रणमा हुन सकेको छैन । 

Global Ime bank

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार मानवता नै संकटमा परेको चेतावनी दिएका थिए । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC