site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
रुसले सम्पूर्ण अन्तर्राष्ट्रिय उडान राेक्याे
Sarbottam CementSarbottam Cement

मस्को । रुस सरकारले नागरिक उडड्यन प्राधिकरणलाई सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु रोक्न निर्देशन दिएको छ । रुसबाट उड्‍ने र रुस आउने सम्पूर्ण उडानहरु मार्च २७ देखि रोक्न निर्देशन दिइएको रुसको सरकारी वेबसाइटले जनाएको छ । 

तर, विभिन्‍न मुलुकमा रहेका रुसी नागरिकहरुलाई उद्धार गरेर ल्याउन भने सरकारको विशेष निर्णयमार्फत् उडानहरु सञ्‍चालन गर्न सकिने बताएको छ । उडानहरु शुक्रबार मध्यरातिदेखि प्रतिबन्ध गरिनेछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

रुसमा एकैदिन १६३ जनामा कोरोना संक्रमण देखिएपछि रुस सरकारले बुधबार यस्तो निर्णय गरेको हो । रुसमा हालसम्म कोरोना संक्रमितको संख्या ६५८ पुगेको छ ।

सरकारले आन्तरिक उडानहरु भने यथावत सञ्‍चालन हुने जनाएको छ । रुस सरकारले विभिन्‍न मुलुकमा रहेका रुसी नागरिकहरुलाई त्यहाँको सरकारको प्रतिबन्धका कारण स्वदेश फर्कन नसक्‍नेहरुलाई भने सुरक्षित रहन आग्रह गरेको छ । 

Global Ime bank

रुसले गत साता नै आफ्ना सम्पूर्ण सीमानाका बन्द गरिसकेको छ । मार्च सुरुआतमै युरोपियन युनियनका सदस्य राष्ट्रहरुबाट हुने उडानहरु स्थगित गरेको थियो । 

त्यसैगरी मस्कोका मेयर सर्गेइ सोब्यानिनले नगरका सम्पूर्ण पार्क, क्याफे, रेस्टुरेन्ट र मलहरु आगामी सातादेखि बन्द गरिने बताएका छन् । - साउथ चाइना मर्निङ पोस्ट

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC