site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
  कोरोना भाइरसबारे छलफल गर्न आज जी-२० भिडियो सम्मेलन  
Sarbottam CementSarbottam Cement

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ को विषयमा छलफल गर्न आकस्मिक जी–२० बैठक बोलाइएको छ । 

सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको नोभेल कोरोना भाइरसको संक्रमण फैलिएको करिब तीन महिनापछि ठूलो अर्थतन्त्र भएका मुलुकहरुको समूह जी-२०  सदस्य राष्ट्र प्रमुखहरुको आकस्मिक भिडियो सम्मेलन बिहीबार हुने भएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यस वर्षको जी-२० सम्मेलनको अध्यक्षता साउदी अरेबियाले गर्दैछ । आज हुने भिडियो सम्मेलनबाट कोभिड-१९ दोहोरिने खतराबाट बच्‍न व्यवहारिक उपायमा बारेमा छलफल हुनसक्ने बताइएको छ । 

त्यसैगरी युरोपियन युनियनका २७ नेताहरुले पनि भिडियो सम्मेलनमार्फत कोभिड-१९ विरुद्ध लड्‍ने साझा धारणा बनाउने बताइएको छ ।

Global Ime bank

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले आज हुने जी-२० भिडियो सम्मेलनमार्फत विश्‍वका ७६ गरिब राष्ट्रहरुमा तत्काल द्विपक्षीय ऋण साहयता उपलब्ध गराउने अपेक्षा गरेका छन् । संयुक्त राष्ट्र संघले बुधबार दुई अर्ब अमेरिकी डलर बराबरको मानवीय सहायता कोष स्थापना गरी गरिब मुलुकहरुलाई राहत उपलब्ध गराउने घोषणा गरेको छ । 

जी-२० मा बलियो अर्थतन्त्र भएका १९ राष्ट्रहरु र युरोपियन युनियनकोको संलग्‍नता रहेको छ । - दि गार्जियन 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  १०:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC