site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोरोना भाइरसको संक्रमण नलुकाउन चिनियाँ प्रधानमन्त्रीको चेतावनी
Sarbottam CementSarbottam Cement

बेइजिङ । चिनियाँ प्रधानमन्त्री ली खछयाङले स्थानीय अधिकारीहरुलाई नयाँ कोरोना भाइरसका संक्रमितहरु नलुकाउन चेतावनी दिएका छन् । चीनमा पछिल्ला केही दिन यता स्थानीय कोरोना संक्रिमतहरु नदेखिएपछि प्रधानमन्त्री लीले यस्तो चेतावनी दिएका हुन् । 

चीनको दोस्रो दर्जाका नेता लीले तथ्यबाट सत्यता पहिल्याउन आग्रह गर्दै 'खुला र पारदर्शी' हुन निर्देशन दिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उच्च अधिकारीहरुलाई कोभिड-१९ विरुद्धको लडाइका बारेमा ब्रिफिङ गर्दै उनले भने, "खुला र पारदर्शी हुनुको अर्थ कहीं कुनै नयाँ स्थानीय संक्रमित देखिएमा तुरुन्त रिपोर्ट गर्नुहोस् । जे हो, त्यही रिपोर्टिङ गर्नुहोस् । गलत र सहीलाई लुकाउने काम नगर्नुहोस् ।" 

कोरोना भाइरसविरुद्धको लडाइँका लागि प्रधानमन्त्री लि जनवरीमा केन्द्र सरकारको कार्यदलको नेतृत्वमा नियुक्त गरिएका थिए । उनले जनवरी अन्तिम साता कोरोना इपिसेन्टर वुहानको भ्रमण गरेका थिए । त्यसैगरी मार्चमा राष्ट्रपति सी पनि आफैं वुहान पुगेका थिए । 

Global Ime bank

स्थानीय अधिकारीहरुले कोरोना संक्रमितको वास्तविक तथ्य लुकाएको आरोप लागिरहेका बेला प्रधानमन्त्री लीले यस्तो चेतावनी दिएका हुन् । 

चीनमा पछिल्लो समय बाहिरबाट आएका व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ भने संक्रमितको संख्यामा पनि कमी आएको छ । - सीएनएन

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  १४:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC