site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु 
Sarbottam CementSarbottam Cement

चितवन ।  भरतपुरमा गएराति भएको  छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु गएको छ भने एकजना घाइते भएका छन् ।

सोमबार राति साढे ८ बजे विकासचोकस्थित भित्रि सडकमा चौबिसकोटीबाट गीतानगरतर्फ जाँदै गरेको प्रदेश नं ३–०३००३ प १६३४ नं को मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

ठक्करबाट गम्भीर घाइते भएका बुद्धीराज सापकोटाको उपचारको क्रममा राति पौने ९ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्कर दिने मोटरसाइकल चालक भरतपुर १४ सुन्दरबस्तीका २१ वर्षीय सविन आचार्य घाइते भएका छन् । उनको भरतपुर अस्पातलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Global Ime bank

यस्तै सोमबार राति नै स्कार्पियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भरतपुर १० त्रिचोकस्थित भित्री सडकमा नम्बर नखुलेको स्कार्पियोको ठक्करबाट पैदालयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

ठक्करबाट भरतपुर १० बस्ने वर्ष ४० का साजन तामाङको उपचारको क्रममा राति ९ बजे भरतपुर अस्पातलमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कार्पियो फरार भएकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC