site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नदी दोहन तीव्र
Sarbottam CementSarbottam Cement

सर्लाही । लालबन्दी नगरपालिका–१७ अन्तर्गत रहेको कालीञ्जोर नदीमा नदीजन्य सामग्रीको उत्खनन भएको छ । पूर्व पश्चिम लोकमार्ग नजिकैदेखि चुरे क्षेत्रतर्फ करिब पाँच किमि दूरीसम्म अवैध रुपमा रातारात खोला उत्खनन भइरहेको स्थानीयवासीले बताएका छन् ।

प्रदेश २ प्रदेश  सरकारले प्रदेशअन्तर्गत रहेका नदीको अवैध उत्खनन नगर्न निर्देशन दिए पनि नदी उत्खनन भइरहेकाले वर्षायाममा रानीगञ्ज, शाहेवगञ्ज, डाडाटोल र रञ्जितपुरसहितका स्थानहरु डुबानमा पर्ने चिन्ता बढेको छ । उत्खननमा लालबन्दी नगरपालिका–१७ मा रहेको प्रिन्स क्रसर स्टोर र गजुरमुखी निर्माण सेवाको संलग्नता रहेको स्थानीय युवा लक्ष्मण खड्काले बताए  । 

Prabhu Bank
Agni Group
NIC Asia

राष्ट्रिय गौरवको आयोजना पूर्वपश्चिम रेल्वेको ट्र्याक निर्माणको ठेक्का पाएको गजुरमुखी निर्माण सेवाले सो खोला ८० लाखमा ठेक्का लिएको थियो । मापदण्डअनुसार काम गर्ने भनी ठेक्का लिएको भए पनि अहिले अवैध रुपमा नदी उत्खननमा गरेको वडा नं ६ का वडाध्यक्ष उज्वल कार्कीले बताए  ।

गजुरमुखी निर्माण सेवाले अवैध रुपमा नदी उत्खनन गरिरहेको स्थानीयवासीले बताएपछि आफूले त्यसको विरोध गरेको तर त्यसलाई बेवास्ता गरिएको वडाध्यक्ष कार्कीले बताए ।

Global Ime bank

स्थानीयवासीका अनुसार करीब पाँच किलोमिटरसम्म मापदण्ड विपरीत स्काभेटरको प्रयोग गरेर खाल्डा बनाएर नदीजन्य वस्तुको उत्खनन भइरहेको छ । स्थानीय प्रहरी प्रशासनदेखि  प्रदेश प्रहरीप्रमुख प्रहरी नायब महानिरीक्षकसम्मलाई उत्खननको विषयमा जानकारी गराएको स्थानीयवासीको भनाइ छ ।

प्रहरी नायब महानिरीक्षकलाई ध्यानाकर्षण गराउँदा केही समयका लागि स्काभेटरहरु जङ्गलमा लुकाएको र पछि फेरि उत्खनन सुरु गरिएको स्थानीयवासीको भनाइ छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय लालबन्दीले एक स्काभेटर नियन्त्रणमा लिएको छ । अवैध उत्खनन गरेको भन्ने स्थानीयवासीले जानकारी गराएपछि आफूले सो स्काभेटर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण थापाले बताए  । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC