काठमाडौं । नेपाली चलचित्र छक्का पञ्जा ३ डिसहोम सिनेमा घर च्यानल नं. १०८ मा भव्यप्रदर्शन भइरहेको डिसहोमले जनाएको छ ।
ग्राहकहरूको मनोरञ्जनलाई ध्यानमा राखेर विगत तीन वर्षदेखि सिनेमा घर १०८ सञ्चालन गर्दै आएको डिसहोमले केही समय अगाडि सिनेमा घर ८८८ पनि सञ्चालनमा ल्याएको छ । यी दुवै च्यानलमा नयाँ र लोकप्रिय नेपाली सिनेमा प्रदर्शन हुने जनाइएको छ ।
डिसहोमले सञ्चालनमा ल्याएको सिनेमा घरमा सिनेमा हलको पहुँच नभएका दूर दराजका ग्राहकहरूले छानी छानी नयाँ नयाँ नेपाली सिनेमा सजिलै हेर्न पाउने जनाएको छ ।
डिसहोमका ग्राहक सेवा केन्द्रमा फोन गरेर, साधारण एसएमएस पठाएर र नजिकैको डिसहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमा घर खुलाउन सकिने जनाइएको छ ।