site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
‘कोरोनाका कारण मैले आफ्नो विहे रद्द गर्नुपर्‍यो ’
Sarbottam CementSarbottam Cement

बीबीसी । होली एसन र उनका हुनेवाला पतिले धेरै लामो समयदेखि यो वर्ष टोकियोमा अप्रिलको विवाह गर्ने योजना बनाइरहेका थिए तर हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाका कारण उनीहरुले सबथोक रद्द गराउनुपरेको हो । शिक्षिकाका रुपमा काम गर्ने एसनले आफ्ना अतिथिहरुलाई संक्रमणको जोखिममा पार्न नचाहेको बताइन् । 

उनी भन्छिन्, “यदि हाम्रो सम्बन्धको उत्सवले कसैको स्वास्थ्यमा गम्भीर प्रभाव पार्यो भने म आफूले आफूलाई कहिल्यै माफ गर्न सक्नेछैन । साथै म मेरो बुवा र दाइका बारेमा पनि चिन्तित छु जसलाई जापान प्रवेश गर्न अनुमति दिइनेछैन । त्यसैले यो परिस्थितिमा अब के हुनेछ भन्ने निश्चित नभएको हुँदा उहाँहरु बिना विवाहलाई अगाडि बढाउन सहज छैन ।” 

यसले आफूलाई अत्यन्तै दुःखी र निराश बनाएको भएपनि सुरक्षा पहिलो प्राथमिकता भएको उनी बताउँछिन् । 

Prabhu Bank
Agni Group
NIC Asia

यसरी सबैलाई निमन्त्रणा कार्ड पठाइसकेको भए पनि उनीहरुले विवाह रद्द गर्नुपरेको हो । 

नयाँ कारोना संक्रमण गत डिसेम्बरदेखि सुरु भएको हो तर अहिले यसबाट मृत्यु हुनेको सङ्ख्या सात हजार नागिसकेको छ भने यसका बिरामी १ लाख ७० हजार बढी पुगिसकेका छन् । 

Global Ime bank

यो विषयमा एसनका पिता भन्छन्, “छोरीले यो विवाहको तयारीमा धेरै मिहिनेत गरेकी थिइन् तर मेरो उमेर ६० कटिसकेको छ त्यसैले उसलाई मबारे धेरै चिन्ता थियो र यसका अन्य जोखिमहरु पनि छन् ।” 

यस्तोमा अहिले उनको परिवारले अग्रिम बुकिङवापत् आफ्नो पैसा फिर्ता पाउन धेरै कठिनाइ झेल्नु परिरहेको बताएको छ । 

उनले भन्छिन् , “हामीले फ्लाइट र होटलबाट कूल ५ हजार पाउन्ड फिर्ता पाउनुपर्ने थियो तर ९० मिनेट फोन होल्डमा बसेपनि उनीहरुले अब केही गर्न नसकिने बताइरहेका छन् ।” 

अर्का जोडी साभन नथवानी र रिसा मोदीको इटलीमा विवाह गर्ने सपना पनि कोरोनाले चकनाचुर पारिदिएको छ । 

यो समय उनीहरुको जीवनकै सबैभन्दा खुसीमय क्षण हुनुपर्ने थियो । 

तर लन्डनमा बस्दै आएकी रिसा भन्छिन्, “एकै हप्तामा हाम्रो सबै दुनियाँ उलटपुलट भयो । हामी इटलीको टसकेनीमा विवाह गर्ने भएका थियौँ तर अहिले ठूलो द्विविधामा छौँ । विवाह केही समयका लागि स्थगित गर्ने कि रद्द गराउने कि के गर्ने हामी सोच्न सकिरहेका छैनौँ । हामी पछिल्लो ६ महिनादेखि यो विवाहको तयारीमा जुटिरहेका थियौँ । हामी दुवै फुल–टाइम काम गर्ने हुँदा यहाँसमम्मको यात्रा निकै तनावग्रस्त र चुनौतिमय थियो । तरपनि हामी एकअर्कासँगको ‘ड्रिम वेडिङ’ ले हामीलाई अघि बढ्न प्रेरित गरिरहेको थियो । हामी वास्तवमै यसका लागि धेरै उत्साहित थियौँ ।” 

यसरी उनीहरुले विभिन्न मुलुकबाट १५० भन्दा धेरै अतिथिहरुलाई समेत निम्तिा गरिसकेको उनले बताइन् जसमा बच्चाहरु, हजुरबुवाआमा र जेष्ठ आफन्तहरु पनि थिए । तर अहिले सबैजना यात्रा गर्न डराइरहेको उनी बताउँछिन् । 

लरेन मेटलन्ड र चेरलोट आर्मिटेजले पनि आगामी मे महिनामा विवाह गर्ने तयारी गरेका थिए । 

तर लरेनका अनुसार उनकी आमाको भर्खरै मात्र मुटुको शल्यक्रिया भएको थियो भने उनका हजुरबुवा ९० वर्षका छन् । 

यता चारलोटलाई पनि आफ्ना अभिभावकको चिन्ता छ । युरोपका विभिन्न मुलुकबाट साथीहरुलाई निम्ता गरिएको हुनाले पनि उनीहरु अब पर्ख र हेरको अवस्थामा पुगेका छन् । 

लन्डनमा बसोबास गर्दै आएका एलिसा देओल र उनका प्रेमी रोनक शाहले पनि केही हप्तापछिको आफ्नो विवाहलाई लिएर द्विविधामा रहेको बताएका छन् । 

उनीहरुको विवाहको खर्च कूल १ लाख पाउन्डको रहेको छ भने ५०० भन्दा धेरै आफन्त र साथीहरुलाई बोलाइएको उनीहरुले बताए । 

यसबीच भाइरसको महामारीले आफू सहित अरुको स्वास्थ्यलाई पनि जोखिममा पार्ने हुँदा उनीहरु सो समारोह सोचेको जस्तो नहुनेमा पक्का छन् तर अर्कोतर्फ होटल लगायतबाट पैसा फिर्ता नपाउन सक्नेमा पनि चिन्तित रहेको बताएका हुन् । 

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६  ०६:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC