site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
आंशिक लकडाउन कार्यान्वयन गराउन मलेसियाले सेना परिचालन गर्ने 
Sarbottam CementSarbottam Cement

क्‍वालालम्पुर । मलेसियाले कोरोना भाइरस नियन्त्रणका लागि गर्ने आंशिक लकडाउन लागु गराउन सेना परिचालन गर्ने भएको छ । सरकारले आइतबारदेखि प्रतिबन्धित क्रियाकलापहरु हुन नदिन प्रहरीलाई सहयोग गर्ने गरी सेना परिचालन गर्न लागेको हो । 

मलेसियाका रक्षामन्त्री स्माइल साबरी याकोबले स्थितिको अवलोकन गर्न र मानिसहरु घरबाहिर ननिस्केको यकिन गर्न प्रहरी सघाउन सेना परिचालन गर्न लागेको बताएका छन् । ६० प्रतिशत मानिसहरुले बुधबारदेखि नै यस्तो गरिरहेको बताए । आंशिक प्रतिबन्ध लगाएको पहिलो दिन प्रहीले सयौं सडकहरु बन्द गराएको थियो भने हजारौं सवारी जाँच गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

मलेसियामा सोमबार आंशिक लकडाउन घोषणा गरिएको हो । जसअन्तर्गत नागरिकलाई मार्च अन्तिमसम्ममा घर बाहिर ननिस्किन आग्रह गरिएको थियो । तर, आवश्यक वस्तु खरिद, सामान डेलिभरी र स्वास्थ्य सेवाका लागि भने खुला गरिने बताइएको थियो । 

विदेश जान प्रतिबन्ध लगाइएको छ भने काम, अध्ययनलगायतका कामका लागि सिंगापुर गएका चार लाख मानिसहरुलाई फर्किनसमेत बन्देज गरिएको छ । 

Global Ime bank

कसैले पनि सरकारको निर्देशन उल्लंघन गरेमा छ महिना जेल अथवा दुबै सजाय हुनसक्ने बताइएको छ । रक्षामन्त्री साबरीले मानिसहरुले बाहिर खेल्न जाने, रेस्टुरेन्टलगायतका ठाउँमा जम्मा हुने गतिविधि नरोकेकोतर्फ ध्यानाकर्षण भएको र सचेत हुन आग्रह गरेका छन् । 

मलेसियामा हालसम्म कोरोना संक्रमितको संख्या ९०० पुगेको छ भने दुईजनाको मृत्यु भएको छ । दक्षिण पूर्वी एसियाकै उच्च संक्रमित मलेसियामा भएकोसमेत बताइएको छ । - साउथ चाइना मर्निङ पोस्ट 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १५:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC