site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
विश्वका १० महँगा खेलाडीको सूचीमा रोनाल्डो अटाएनन्
Sarbottam CementSarbottam Cement

एजेन्सी । पछिल्लो दशक पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार स्ट्राइकर लियोन मेसीबीच हरेक कुरामा प्रतिस्पर्धा भएको पाइन्छ ।

दुवै खेलाडीबीच खेल मैदानमा मात्र नभई पुरस्कार र मैदान बाहिर समर्थकबीचै प्रतिस्पर्धा हुने गरेको छ । फुटबल विज्ञहरूले पनि रोनाल्डो र मेसीमा को महान् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन् । तर, पछिल्लो समय दी सनमा प्रकाशित समाचारअनुसार मेसी विश्वका सर्वाधिक महँगा १० खेलाडीको सूचीमा अट्दा रोनाल्डो भने अटाएनन् ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, रिपोर्टमा ट्रान्फर बजारको आधारमा सूची सार्वजनिक गरिएको उल्लेख छ । जसमा खेलाडीको अनुबन्ध समयावधि, क्लब र अन्तर्राष्ट्रिय खेललाई आधार मानेर मापन गरिएको हो । 

यो सूचीमा फ्रान्सेली युवा स्टार तथा पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पे पहिलो स्थानमा छन् । २० वर्षीय एम्बाप्पेको मूल्य १८९ मिलियन पाउन्ड तोकिएको छ । 

Global Ime bank

त्यस्तै १५१ मिलियन पाउन्डसहित म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ दोस्रो, १५१ मिलियन पाउन्डसहित पीएसजीका स्ट्राइकर नेयमार तेस्रो, १४१ मिलियन पाउन्डसहित लिभरपुलका माडिओ माने चौथो र १४१ मिलियन पाउन्डसहित लिभरपुलकै मोहम्मद सलाहा पाँचौं स्थानमा छन् । 

टोटनहामका स्ट्राइकर ह्यारी केन छैटौं र म्यानचेस्टर सिटीका केभिन डिब्रुइन सातौं स्थानमा रहँदा बार्सिलोनाका स्टार खेलाडी मेसी १३२ मिलियन पाउन्डसहित आठौं स्थानमा छन् । त्यस्तै बोरुसिया डर्टमन्डका जडोन सान्चो नवौं र बार्सिलोनाका एन्टोनी ग्रिजमन दशौं स्थानमा छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC