site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

संसद्मा पूर्ण बहुमत हुनुको अर्थ सरकारले ऐन कानुन पनि मान्नु नपर्ने हैन । तर, नेपालमा भने पटकपटक बहुमतका आडमा प्रचलित ऐनको उपेक्षा गर्ने प्रवृत्ति देखिएको छ । यसपटक नेपाल राष्ट्र बैंकको गभर्नर र संसद्को महासचिव नियुक्तिका क्रममा पनि यही कानुन मिच्ने प्रवृत्ति देखियो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चीरञ्जीवी नेपालको पदावधि समाप्त भएको छ । प्रचलित ऐनमा राष्ट्र बैंकको गभर्नर पदमा नयाँ नियुक्ति गर्नुभन्दा महिना दिन पहिले नै छनोट समिति बनाउनुपर्ने प्रावधान छ । तर, सरकारले पदावधि समाप्त हुँदासम्म पनि समिति बनाएको छैन । संसद्को महासचिवको पनि पदावधि सकिएर पद रिक्त भएको छ । महासचिव नियुक्त हुन कम्तीमा ४५ वर्ष उमेर पुगेको हुनुपर्छ । तर, प्रतिनिधि सभाका सभामुखले उमेरै नपुगेका व्यक्तिलाई कायममुकायम तोकेका छन् । 

विधिको शासन लोकतन्त्रको प्रमुख आधारमध्येको हो । यसको तात्पर्य हो –सरकारका सबै कामकाज कानुनका आधारमा हुनुपर्छ । कानुनले अप्ठेरो पारे संविधानअनुसार कानुन बदल्न पाइन्छ । तर, कायम रहँदासम्म कानुनको पालना गर्नुपर्छ । यस्तै, कानुन र परम्वराले निर्देश गरेको प्रक्रियालाई पनि लोकतन्त्रमा उत्तिकै महत्त्व दिइन्छ । अधिनायकवादीहरूलाई विधिको पालना गर्ने बाध्यता स्वीकार गर्न मन पर्दैन । त्यसैले संसारका सबैजसो अधिनायकहरूले आफूलाई सजिलो हुने कानुन बनाउनेदेखि कानुनको मर्ममा प्रहार गर्नेसम्मका हर्कत गर्दैआएको देखिएको छ । गभर्नर छनोटका लागि पहिले नै बनाउनुपर्ने समिति नबनाउनेदेखि पदका लागि न्यूनतम उमेरै नपुगेको व्यक्तिलाई कायममुकायम बनाउनेसम्मको काममा विधिको शासनको उपहास गरिएको छ । नजानीकन यस्तो उपहास भए क्षम्य पनि हुनसक्ला तर सरकारको दुवै अंगले जानीजानी विधिको उपहास गरेका छन् । यसको सिको प्रदेश र स्थानीय सरकारहरूले गर्न थाले भने देश अराजक अधिनायकवादको भुमरीमा पर्ने निश्चित छ ।कोरोनाभाइरसका कारण जनस्वास्थ्यपछि सम्भवतः सबैभन्दा बढी अर्थतन्त्र प्रभावित भएको देखिएको छ । नेपालमा बिहीवार दिउँसोसम्म भएको परीक्षणमा कोरोनाभाइरस संक्रमित व्यक्ति भेटिएको छैन । तर, अर्थतन्त्रमा भने यसको गम्भीर प्रभाव परिसकेको छ ।

संसारका कतिपय सरकारहरूले आआफ्नो मुलुकको अर्थतन्त्रलाई कोरोनाको प्रभावबाट जोगाउन सहुलियतका ठूला ठूला कार्यक्रम घोषणा पनि गरिसकेका छन् । यस्तो अवस्थामा अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक पनि उत्तिकै पूर्वक्रियाशील हुनुपर्ने हो । यदाकदा अर्थ मन्त्रालय राजनीतिक नेतृत्वका कारण बहकिन र दीर्घकालीन प्रभावको बेवास्ता गर्न पनि  तम्सन सक्छ । त्यस्तो अवसरमा अरू मुलुकका केन्द्रीय बैंकहरूले जिम्मेवार भूमिका खेलेर अर्थतन्त्रलाई संकटमा पर्नबाट जोगाएका उदाहरण छन् । तर, नेपालमा त राष्ट्र बैंकको प्रमुख गभर्नरकै पद रिक्त राखिएको छ र छनोट समिति गठनसमेत नगरेर अन्योल र अराजकता बढाइएको छ । कोरोनातिर सबैको ध्यान गएको मौकामा कुनै ‘चौका’ हान्नु छैन भने सरकारले तत्काल प्रचलित कानुनअनुसार नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अगाडि बढाओस् । संसद्को महासचिव त यसै पनि उमेरै नपुगेको व्यक्तिलाई बनाउन मिल्दैन । संसद् सचिवालयमै योग्य उमेदवार भएकाले बाहिरबाट लादेर कर्मचारीलाई असन्तुष्ट र असहयोगी बनाउनु बुद्धिमानी हुनेछैन ।   
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत ६, २०७६  १३:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC