site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
   हाम्रो कर्म : हाम्रो धर्म
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाह्रखरी मिडिया आज विसं २०७६ फागुन ७ गतेबाट आफ्नो स्थापनाको चौथो वार्षिकोत्सव मनाउँदै पाँचौ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा हाम्रा समाचार, विचार र सूचनाहरूमा विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक पाठक, विज्ञापनदाता, दर्शक तथा श्रोता वर्गमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । 

स्वतन्त्रता प्रेमी नेपाली जनताको निरन्तर संघर्षले स्थापना गरेको लोकतान्त्रिक, गणतन्त्रात्मक, संघीय समावेशी शासन व्यवस्था स्थापनाका साथैै नयाँ संविधान जारी भएको पाँच वर्षपछि पनि आज नेपालको पत्रकारिता जगत आफूलाई निर्बाधरुपमा स्वतन्त्र मानेर हिँड्नसक्ने अवस्थामा छैन । बृहत्तर जनहितका विषयलाई उठान गर्ने क्रममा अझै पनि राजनीतिक, आर्थिक, सामाजिक तगाराहरू तेर्सिएका छन् । मूलधारका मानिएका नेपाली प्रेस जगतले आफ्नो व्यावसायिक निष्ठामा सम्झौता गर्न स्पष्टरुपमा अस्वीकार गर्दै जनताको अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्ने आफ्नो संघर्षलाई निरन्तरता दिँदै आएको छ । बाह्रखरी मिडिया यस निरन्तरताको एक अभिन्न कडीका रुपमा आफूलाई उभ्याउँदै अघि बढेको छ ।
 
नेपालको सुन्दरताको उपमाका रुपमा भौगोलिक, सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विविधतामात्र होइन, वैचारिक विविधतालाई पनि सँगै लैजानु पर्दछ । कुनै पनि साम्राज्यवादी शक्तिको दास बन्नु नपरेको गर्वका कारण नेपालमा विभिन्न विचार र संवादको आफ्नै महत्त्व छ । बाह्रखरी मिडिया उदार लोकतन्त्र, खुला अर्थतन्त्र, खुला समाज र अभिव्यक्ति स्वतन्त्रतालाई आफ्नो मूल धर्म मान्दै सोहीअनुरुप कर्म गर्दछ । हाम्रो वैचारिक अडान र प्रस्तुतिको सम्मान गर्दै नेपालको सफलतम डिजिटल न्युज पोर्टलको रुपमा उभिन हामीलाई बल प्रदान गर्ने सबैसँग पत्रकारिताको व्यावसायिक धर्ममा विचलित नभई अझ सशक्त र स्पष्ट ढंगले अघि बढ्ने प्रण दोहोर्‍याउँछौँ ।
 
जुनसुकै व्यवस्था र जुन दलको सरकार भए पनि नेपालमा अहिलेसम्म भ्रष्टाचार, अव्यवस्था, ढिलासुस्तीमा उल्लेख्य कमी आएको छैन । कानुनी शासन र जिम्मेवार सरकारको अभावमा जनता पिरोलिएकै छन् । यस्तो अवस्थामा कुनै एक राजनीतिक दलको अन्धसमर्थनमा विचार र समाचार प्रस्तुत गर्नु हुँदैन भन्नेमा हामी दृढ छौँ । जनताको हितमा काम गर्ने जुनसुकै सरकार हाम्रा हितैषी हुन् भने जनहितविपरीत मौलिक हकको सम्मान नगर्ने शासनविरुद्ध हामी सधैँ आवाज बुलन्द गर्नेछौँ, कहिल्यै सम्झौता गर्नेछैनौ ।
 
चार वर्षको अवधिमा बाह्रखरी मिडिया सानो मिडिया हाउसबाट केन्द्रीय कार्यालयमा पचासभन्दा बढी कर्मचारीसहित देशभरी समाचारदाता र विदेशमा समेत प्रतिनिधित्व भएको एउटा बृहत् ‘नेटवर्क’ बनिसकेको छ । आज हामी आफ्नै भिडियो स्टुडियोबाट प्रत्यक्ष प्रसारण गर्ने अवस्थामा पुगिसकेका छौँ । 
 
हामी निरन्तर फैलने क्रममा छौँ । बाह्रखरी मिडियाले औपचारिकरुपमै स्थानीय संस्थासँग सम्झौता गरेर अस्ट्रेलियामा त्यहीँको स्थानीय समाचार प्रेषण गर्ने तयारी पूरा गरेको छ । चाँडै नै हामी अमेरिकामा पनि यस्तै व्यवस्था गर्ने क्रममा अघि बढेका छौँ । 
 
सत्यको पथमा निरन्तर अघि बढ्दा आर्थिक र अन्यरुपमा जस्तोसुकै परिस्थितिको सामना गर्नुपरे पनि नैतिकरुपमा कहिल्यै पश्चाताप गर्नु पर्नेछैन । हामीलाई यसमा गर्व छ । यस पथमा सधैँ साथ दिने सम्पूर्ण शुभचिन्तक र हाम्रा पाठकसहित यस अभियानलाई सघाउने विज्ञापनदाता र सम्पूर्ण कर्मचारी तथा पत्रकार साथीहरूप्रति हार्दिक धन्यवाद तथा नमन ! 
 
प्रतीक प्रधान
प्रधान सम्पादक / कार्यकारी अध्यक्ष


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  ०७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC