site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
शर्मिला पाण्डेद्वारा केशव भट्टराईकी श्रीमतीलाई एक लाख सयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र निर्मात्री शर्मिला पाण्डेले चलचित्र विकास बोर्डका तत्कालीन अध्यक्ष स्वर्गीय केशव भट्टराईकी श्रीमतीलाई आर्थिक सहयोग गरेकी छिन् । 

पाण्डेले आज एक लाख एक हजार रुपैयाँ सहयोग प्रदान गरेकी हुन् । “केशव दाइ (भट्टराई)को निधन भएपछि परिवारको आर्थिक अवस्था कमजोर भएका कारण परिवार चलाउन नै समस्या भएको थाहा पाएपछि सकेको सहयोग गरेको हुँ,” निर्मात्री पाण्डेले भनिन्, “चलचित्र क्षेत्रका हामी सबै जो जहाँ जस्तो अवस्थामा रहे पनि एकै हौं । एकलाई पर्दा अर्कोले सहयोग गर्नुपर्छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले जीवनभर चलचित्र क्षेत्रमा बिताएको व्यक्तिको परिवार दैनिक जिविको पार्जनमा नै समस्या परेको अवस्थामा सहयोग गरेर सहज वातावरण बनाइदिनु पर्नेमा जोड दिइन् । 

चलचित्र विकास बोर्डको अध्यक्ष रहेकै बेला भट्टराईको यही मंसिर २९ गते निधन भएको थियो । उनका श्रीमती र एक छोरा छन् ।

Global Ime bank

चलचित्र निर्मात्री शर्मिला पाण्डेको निर्माण रहेका चलचित्र आमा यही फागुन ९ गते रिलिज हुँदैछ । दीपेन्द्र के खनालको निर्देशन रहेको हस्पिटल ड्रामा आमामा मिथिला शर्मा, सुरक्षा पन्त र सरिता गिरी मुख्य भूमिकामा छन् ।    
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  २०:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC