site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
कोही मान्छेहरुमा असम्भव प्रतिभा कसरी हुन्छ ? 
Sarbottam CementSarbottam Cement

एजेन्सी । एक भन्दा बढी क्षेत्रमा सफलता हासिल गर्ने प्रतिभाशाली व्यक्तित्वलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । लिओनार्दो दा भिन्सीदेखि अल्बर्ट आइन्सटाइन, जोन वुल्फगेङ भन गोथ, फ्लोरेन्स नाइटिङ्गल सम्म ऐतिहासिक पोलीम्याथ व्यक्तित्व मानिन्छन् । दा भिन्सी एक चित्रकारका साथै आविस्कारक र एनाटोमिस्ट पनि थिए भने भोन गोथ लेखक हुन् र साथै बोटनी, फिजिक्स र मिनिीरोलोजी पनि पढेका छन् । अनि फ्लोरेन्स नाइटिङ्गल चाहिँ नर्सका साथै स्टाटिस्टिकन र थिओलोजिअन हुन् । 

यसरी पोलिम्याथ मानिने एक अभिनेत्री र पियानिस्ट नभएको भए हामीले आज वाइफाइ र जिपिएस प्रयोग गर्न पाउने थिएनौँ होला । १९३० को अन्त्यतिर हेडि लामारले हलिउडमा धेरै चर्चा कमाइसकेकी थिइन् । तर अभिनेत्रीका साथै उनी आविस्कार गर्नमा पनि अत्यन्तै प्रतिभाशाली रहेकोबारे धेरै कमलाई थाहा थियो । उनको भेट एकदिन जर्ज एन्थेल नामक अर्का पोलिम्याथसँग भयो जो लेखक, कम्पोजर, पियानिस्टका साथै इन्जिङनियरिङमा पनि विशेष रुची राख्ने गर्थे । एकपटक जब यो जोडीले शत्रु समुहले रेडियो सिग्नल जाम गरिरहेको थाहा पाए, उनीहरु यसको समाधान खोज्नतर्फ लागे जसक्रममा सिग्नल ट्रान्समिसनको नयाँ तरिका आविस्कार भयो ,‘ फ्रिक्वेन्सी–होपिङ स्प्रेड स्पेक्ट्रम’ जुन आजपनि सबै वायरलेस प्रविधिमा प्रयोग हुन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

वैज्ञानिक अनुसन्धानले पनि एक भन्दा बढी क्षेत्रमा रुची राख्नुका थुप्रै फाइदाबारे पुष्टि गरिसकेको छ जसले जीवन सन्तुष्टि बढाउनुका साथै मानिसको उत्पादकत्व र रचनात्मक क्षमता वृद्धि गर्न मद्दत गर्दछ । तापनि प्रायः मानिसले लामार र एन्थेल जस्तो सफलता हासिल गर्न सक्दैनन् । तर विज्ञानका अनुसार आफ्नो एउटा निर्धारित क्षेत्र भन्दा बाहिर समय बिताउनुले धेरै फाइदा पुर्याउन सक्छ । पोलीम्याथ भन्ने शब्द चाहिँ पहिलोपटक १७ औँ शताब्दीमा एक भन्दा बढी विषयमा ज्ञान र शीप हासिल गर्ने मानिसका लागि ग्रिकमा प्रयोग गरिएको थियो । तर अनुसन्धानकर्ताहरुले वास्तविक पोलीम्याथ बन्न एक आपसमा कुनै सम्बन्ध नभएको दुई क्षेत्रमा आधिकारिक मान्यता प्राप्त उपलब्धी हासिल हुनुपर्ने तर्क गर्छन् । वास्तवमा पोलिम्याथहरु व्यक्तित्ववादी हुन्छन् किनकी उनीहरु व्यक्तिगत पूर्तिको इच्छाले नै प्रेरित भइरहेका हुन्छन् । 

यसबारेमा वाकस एह्मदको धारणा भने फरक छ जो अर्थशास्त्रमा स्नातक उत्तीर्ण, अन्तर्राष्ट्रिय सम्बन्ध र न्युरोसाइन्समा स्नातकोत्तर हासिल गरेका र व्यक्तिगत प्रशिक्षक अनि कूटनीतिक संचारदाता समेत रहिसकेका छन् भने भिजुअल आर्टमा पनि रुची राख्छन् । उनी हाल प्रोफेस्नल चित्रकारका रुपमा काम गरिरहेका छन् । यति धेरै उपलब्धी हासिल गरेतापनि उनी आफूलाई पोलीम्याथका रुपमा व्याख्या गर्न चाहँदैनन् । उनका अनुसार स्कुल पढ्दैगर्दा बालबालिकाहरु विभिन्न क्षेत्रतर्फ आकर्षित भइरहेका हुन्छन् तर हाम्रो स्कुल, युनिभर्सिटटी र जागिर ले हामीलाई एउटै विषयमा केन्द्रित रहन धकेलिरहेको हुन्छ । यस्तोमा धेरै मानिसहरु पोलीम्याथ बन्न सक्ने उनी बताउँछन् तर उनीहरु सहि तरिकाले प्रोत्साहित नहुँदा फरक परिणाम देखा पर्ने गरेको बताइएको छ । 

Global Ime bank

आधुनिक पोलीम्याथहरुको अन्र्तवार्ता लिइकेकी पिएचडी होल्डर एन्जेला कोटेलेसाका अनुसार पोलीम्याथ हुनमा जिज्ञासु स्वभाव सबैभन्दा महत्वपूर्ण छ । तर यसका साथै मानिसलाई बाहिरी अपेक्षाका अगाडि आफ्नो रुची तर्फ अगाडि बढ्न भावनात्मक रुपमा लचिलो हुन पनि आवश्यक रहेको उनले पत्ता लगाएकी हुन् । उनी भन्छिन्, “हामी यस्तो समाजमा बस्छौँ जहाँ हामीलाई सानैदेखि एउटा क्षेत्र चुन्न लगाइन्छ जसकारण धेरैमा मानिसहरु यस परम्परागत सोचाइसँग लड्न सक्दा आफूले चाहेको बाटो भन्दा अलग रोज्न बाध्य हुन्छन् । ” आफ्नो एउटा विशेष क्षेत्रबाहेकका अरु रुचीले हाम्रो ध्यान भङ्ग गराउने डरका काराण पनि प्रायःले आफ्नो इच्छा त्याग गरिरहेका हुन्छन् तर अनुसन्धानले भने त्यस्ता रुचीले हाम्रो प्रमुख क्षेत्रलाई समेत लाभ पुर्याउने देखाएको छ । यसको उदाहरण हो नोबल पुरस्कार प्राप्त गरेका वैज्ञानिकहरु अरुको तुलनामा गीत गाउनमा वा नाच्नमा राम्रो हुने सम्भावना अधिक रहेको अध्ययनले देखाएको छ । त्यस्तै उनीहरु चित्रकला वा कविता लेख्न जस्ता कुरामा पनि सिपालु हुने १७ गुणा बढी सम्भावना रहेको बताइएको छ । पोलीम्याथीले हाम्रो ज्ञानको सिमा बढाइदिनुका साथै विविध अनुभव दिलाउँछ । जस्तै एह्मदका अनुसार लिओनार्दो दा भिन्सीको कुरा गर्दा एनाटोमी, गणित र जोमेट्रीमा उनको असिम ज्ञानले नै उनलाई आफ्नो चित्रकलामा सटिक गुण हासिल गर्न मद्दत गरेको थियो । त्यस्तै उनको कलात्मक क्षमताले चाहिँ मेकानिकल इन्जिनियरिङमा मद्दत पुर्याएको हो । 

यस्तोमा पोलीम्याथ बन्न चाहनेहरुले विविध रुचीमा सहभागी हुन आफ्नो समय प्रभावकारी रुपमा बिताउनुपर्ने बताउँछन् । अध्ययनहरुले पनि कुनै एउटा जटिल विषयमा हामी लामो समय लागिसकेपछि दिमाग अगाउन थाल्छ र हाम्रो ध्यान अन्तै जान थाल्छ । यस्तोमा हामीले त्यससँग कुनै सम्बन्ध नभएको अर्को क्रियाकलापमा आबद्ध भएमा हामी दुवैमा राम्रो प्रस्तुती दिन सक्ने बताइएको छ । विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइन खोजकर्ता मात्र नभएर भोइलन र पियानोमा पनि उत्तिकै सिपालु थिए भने उनी एक फिजिसिस्ट पनि हुन् । उनको छोरा र छोरीका अनुसार कुनै पनि कठिन प्रश्न हल गर्न नसक्दा उनी पियानो वा भोइलेन बजाउने गर्दथे र आफ्नो प्रस्तुती सकिएपछि जवाफ पत्ता लाग्यो भन्ने गर्दथे । यस्तोमा अहिलेका केही जटिल वातावरणीय र अन्तरिक्ष सम्बन्धी समस्याहरुको जवाफ खोज्न मानिसको बौद्धिक क्षमता असिमित स्तरमा हुन आवश्यक भएको हुँदा पोलीम्याथहरुको आवश्यकता अहिले सबैभन्दा बढी रहेको एह्मद बताउँछन् । त्यसमाथि पनि इन्टरनेटका कारण पोलीम्याथीको बाटो ऐतिहासिक समयको भन्दा धेरै सजिलो भइसकेको उनको भनाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC