site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
दिल्ली चुनावको नतिजाप्रति के छ पाकिस्तानको प्रतिक्रिया ?
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली ।  दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले संघीय सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) लाई क्लिन स्वीप गर्‍यो । दिल्लीमा आम आदमी पार्टीले विकासका मुद्दालाई अघि सारेर चुनावी मैदानमा उत्रिएको थियो भने बीजेपीले राष्ट्रवादी नारा लगाएर चुनावी मैदानमा उत्रिएको थियो । 

बीजेपीका केही नेताहरुले त दिल्लीको नतिजाले भारत-पाकिस्तानको जीत-हारको तय गर्नेसमेत भन्‍न भ्याए । तर, मंगलबार राति अन्तिम नतिजा आयो, बीजेपीले आठ सिटमा चित्त बुझाउनुपर्‍यो भने आम आदमी पार्टीले ६२ सिटमा जित हात पार्‍यो । दिल्लीको नतिजाको समाचारहरु पाकिस्तानी सञ्‍चारमाध्यममा पनि प्राथमिकताका साथ छापिए ।

पाकिस्तानका अधिकांश मिडियाहरुले 'आम आदमी पार्टीको शानदार जित, बीजेपीको लज्जाजनक हार' शीर्षकमा समाचारहरु छापिएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

पाकिस्तानको 'एक्सप्रेस' पत्रिकाले 'विवादित नागरिकता संशोधन कानुनले मोदीलाई धोका, दिल्ली विधानसभा चुनावमा लज्जाजनक हार' शीर्षकमा समाचार लेखेको छ । पत्रिकामा लेखिएको छ, "दिल्ली विधानसभा चुनावमा आम आदमी पार्टीले मोदीको भारतीय जनता पार्टीलाई तेस्रो पटक लज्जाजनक हारको चोट दिलाएको छ ।

सत्तारुढ बीजेपीले कयौं सरकारी संयन्त्रको प्रयोग गर्दा पनि आठ सिटमा सीमित भयो । जबकी आमआदमी पार्टीले ६२ सिट जितेको छ । ७० सिटको दिल्ली विधानसभाका सरकार बनाउनका लागि ३६ सिट आवश्यक पर्छन् । तर, आमआदमी पार्टीले ६२ सिट जितेर मोदी सरकारलाई घमण्डको धुलो चटाइ दिएको छ ।" 

Global Ime bank

उक्त पत्रिकाले राजनीतिक विश्लेषकलाई उदृत गर्दै लेखेको छ, " मोदीको पार्टीको हारको मुख्य कारण नागरिकता संशोधन विधेयक हो । उक्त कानुनले भारतका कयौं मुसलमानलाई नागरिक हुनबाट वञ्‍चित गरेको छ ।" 

दिल्लीका मतदाताले बीजेपीको विभाजनकारी राजनीतिलाई खारेज गरेको पत्रिकामा लेखिएको छ । बीजेपीले यसपटक नागरिकता संशोधन कानुनको विरुद्ध शाहिन बागमा विरोध गरिरहेका महिलाको मुद्दालाई आफ्नो मुद्दा बनाएको उल्लेख गरिएको छ । 

मोदीको छवीमा झट्का ! 

पाकिस्तानी अर्को पत्रिका जंगले दिल्लीमा आमआदमी पार्टीले फेरि अर्कोपटक बाजी मारेको जनाएको छ । मोदीको बीजेपीले फेरि पनि दिल्लीमा हार व्यहोर्नुपर्को जंगलले लेखेको छ। 

त्यसैगरी पाकिस्तानी अंग्रेजी पत्रिका डनले समाचारको शीर्षकमा लेखेको छ, "दिल्लीको महत्त्वपूर्ण चुनावमा मोदीले हार स्वीकार गरे ।"  डनका अनुसार भारतमा नागरिकता संशोधन कानुन पास गरेपछिको मोदीको पहिलो परीक्षा दिल्ली निर्वाचन हो । डनले लेखेको छ, "बीजेपीले निकै आक्रामक चुनाव प्रचार गरेको थियो ।

चुनावी प्रचारमार्फत बीजेपीले नागरिकता संशोधन कानुनमा जनताको समर्थन हात पार्ने योजना बनाएको थियो । दिल्लीको हार बीजेपीका लागि पछिल्लो दुई वर्षमा चुनावमा पाएको हारको ताजा नतिजा हो ।" 

"दिल्लीको हारले मोदीको छविमा एक ठूलो झट्का लागेको छ । करिब आठ महिना पहिला मोदीले आमनिर्वाचनमा शानदार जित हात पारेको थियो । त्यसैगरी दिल्लीको सबै सातवटा लोकसभा सीटमा बीजेपीले जित हात पारेको थियो ।"

जियो न्युजको शीर्षकमा लेखिएको छ, "दिल्ली चुनावमा आम आदमी पार्टीले मोदीको बीजेपीलाई क्लिन स्विप गर्‍यो ।" जियो न्युजका अनुसार दिल्लीको चुनाव प्रधानमन्त्री मोदीका लागि निकै चुनौती थियो । 

जियोले लेखेको छ, "सन् २०१९, डिसेम्बरमा बनेको नागरिकता संशोधन कानुनले भारतको धर्म निरपेक्ष संविधान र अल्पसंख्यक मुसलमानको हित विपरीत भएको बताइएको छ । बीजेपीले चुनाव प्रचारका समयमा नागरिकता संशोधन कानुनको विरोध गरिरहेका नागरिकलाई पाकिस्तान समर्थक करार गरेको थियो ।

बीजेपीको तीन सिट अघिल्लो चुनावभन्दा बढेर आठ पुगेको छ । तर, यो बीजेपीको अपेक्षाभन्दा निकै कम हो ।" 

बीजेपीसँग देखाउने 'अनुहार' भएन !

जसरी राष्ट्रि राजनीतिमा प्रधानमन्त्री मोदीको अनुहारलाई देखाइन्छ, त्यसरी दिल्लीमा अनुहार देखाएर चुनाव जित्‍नका लागि बीजेपीसँग कुनै पात्र भएनन् । पाकिस्तानी पत्रिका जियोका अनुसार मोदीका कारण राष्ट्रिय चुनावमा बीजेपीले लाभ लिइरहेको छ । तर, दिल्लीमा भने त्यस्तो पात्र बीजेपीसँग भएन । 

अर्को पत्रिका डेली पाकिस्तानले शीर्षका लेखेको छ, "दिल्ली चुनाव : आम आदमी पार्टीले मोदी सरकारको धुलो चटाइदियो ।" 

डेलि पाकिस्तानका अनुसार सत्तारुढ बीजेपीले दिल्ली चुनावमा ठूलो संघर्ष गरे पनि आठ सिटमा चित्त बुझाउनुपर्‍यो । पत्रिकाले लेखेको छ, "दिल्ली चुनावमा केजरिवालको विरासत पल्टाउने मोदीको सपना सफल हुन सकेन ।

चुनाव प्रचारका दौरान केन्द्रीय गृहमन्त्री अमित शाह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलागयत कयौं वरिष्ठ नेताहरु डेरा जमाएर दिल्लीमा बसेका थिए । तर, उनीहरुको केही सिप चलेन । हिन्दु मतदाताको लोभ्याउनका लागि अल्पसंख्यका विरुद्ध प्रचार गरिएको थियो । तर, तमाम कोशिशका बाबजुद पनि मतदाताले मोदी सरकारको मोदी नीतिको अस्वीकार गर्‍यो । - बीबीसी 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  १६:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC