site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
नेपाल चलचित्र छायांकनको गन्तब्य रहेको फ्रान्समा प्रचार गर्दै निर्देशक विनोद
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्देशक विनोद पौडेलले फ्रान्समा नेपाल चलचित्र छायांकनका लागि उत्कृष्ट गन्तब्य भएको बताएका छन् । ‘साउथ एसियन फिल्म फेस्टिभल’मा सहभागी हुन पेरिस पुगेका उनले त्यहाँ ‘साउथ एसियन फिल्म फेस्टिभल’सँगै विभिन्न देशबाट आएका चलचित्रकर्मी सामु नेपाल चलचित्र छायांकनका लागि राम्रो गन्तब्य भएको जानकारी दिएका हुन् । 

निर्देशक पौडेलले ‘फ्ल्मििङ इन नेपाल : द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ प्रदान गरेका छन् । चलचित्र छायांकनका लागि उपयुक्त गन्तब्य समेटिएको ‘फ्ल्मििङ इन नेपाल : द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ प्रदान गरेको चलचित्र विकास बोर्ड नेपालले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“यहाँका फिल्म स्कुलका सञ्चालक, विद्यार्थी तथा सञ्चारमाध्यमलाई नेपाल पनि चलचित्रका लागि उचित गन्तब्य हो भनेर ‘फ्ल्मििङ इन नेपाल : द अल्टिमेट ट्राभल गाइड फर फ्ल्मि साइट’ दिइरहेको छु,” पेरिसमा रहेका निर्देशक विनोदले भने, “नेपालमा विश्वका ठूला चलचित्र सुटिङ्मा जानु भनेको नेपाल र नेपाली चलचित्रको प्रोमोसन पनि हो । इन्क्लो युनिभरसिटीले आफ्नो पुस्तकालयमा राख्यो ।”

‘साउथ एसियन फिल्म फेस्टिभल’मा विनोद निर्देशित नेपाली कथानक चलचित्र ‘बुलबुल’ले पब्लिक च्वाइस अवार्ड जितेको थियो । 

Global Ime bank

जनवरी २८ देखि फेब्रुअरी २ सम्म फ्रान्सको पेरिसमा भएको  फेस्टिभलमा चलचित्रकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का र निर्देशक विनोद सहभागी भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २५, २०७६  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC