site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अध्यक्षमा कसले मार्ला बाजी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र विकास बोर्डमा अध्यक्ष पद खाली भएसँगै अकांक्षीहरूले लबिङ सुरु गरेका छन् । मंसिर २९ गते तत्कालीन बहालवाला अध्यक्ष केशव भट्टराईको निधन भएसँगै खाली भएको पदमा आकांक्षीहरूले नियुक्तिका लागि लबिङ थालेका हुन् ।

चलचित्र क्षेत्रको सर्वोच्च संस्था बोर्डमा रिक्त अध्यक्ष पदमा आकांक्षा देखाउनेमा निर्देशक दयाराम दाहाल, नायक भुवन केसी, राजेश हमाल, नवल खड्का, निर्देशक तथा कलाकार लय संग्रौला, आकाश अधिकारी र निर्देशक केपी पाठक छन् ।

दयाराम दाहाल अध्यक्षका बलिया प्रतिस्पर्धीमध्ये एक हुन् । उनी अध्यक्षका आकांक्षीमध्ये सबैभन्दा बलियो प्रतिस्पर्धी भएको स्रोतको दाबी छ । उनी सञ्चारमन्त्री गोकुल बास्कोटाका गृहजिल्लाका हुन् भने चुनावमा सहयोग गरेर गुन पनि लगाएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

दाहाल अहिले बुबाको निधन भएर १३ दिनको किरियामा बसेका छन् । सञ्चारमन्त्रीले उनैलाई चाहेको स्रोतले जनाएको छ । आफूलाई चुनावमा लगाएको गुनलाई बोर्ड अध्यक्ष बनाएर चुक्ता गर्ने सञ्चारमन्त्री बास्कोटाको योजना रहेको स्रोतको दाबी छ । सोही कारण दाहालको बुबाको १३ दिनको काम नसकिएसम्म आवेदन आह्वान नगर्ने सरकारको तयारी रहेको स्रोत बताउँछ । दाहाल बोर्डका वर्तमान सदस्य पनि हुन् ।

भुवन केसी पनि अध्यक्षको दौडमा छन् । तत्कालीन एमालेनिकट भुवन नेकपाका नेता माधव नेपालनिकट मानिन्छन् । संविधानसभामा सभासदका रूपमा जान चर्को लबिङ गरेका उनी अहिले अध्यक्षको दौडमा छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओली, सञ्चारमन्त्री बास्कोटासँग लबिङका लागि सीधा पहुँच राख्छन् । 

Global Ime bank

बोर्ड अध्यक्षका अर्का आकांक्षी हुन् अभिनेता राजेश हमाल । उनले पनि अध्यक्षका लागि आकांक्षा देखाएका छन् । उच्च बौद्धिक अभिनेताको छवि बनाएका राजेश पनि यतिबेला लबिङमा जुटेका छन् । उनी पनि प्रधानामन्त्री र मन्त्रीसँग सीधै पहुँच राख्ने भएकाले लबिङका लागि सहज छ । उनले चलचित्रमा अभिनय नगरेको लामो समय भयो । ‘को बन्छ करोडपति’ होस्ट उनी अहिले स्टेज कार्यक्रममै व्यस्त छन् । 

नवल खड्काले पनि आफूलाई अध्यक्षको प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरेका छन् । तत्कालीन माओवादीनिकट खड्काले सरकार–माओवादी द्वन्द्वको विषयमा चलचित्र बनाएका थिए । उनका चलचित्र माओवादी आन्दोलनको पक्षमा देखिने गरेका छन् । लय संग्रौलाले पनि अध्यक्षका लागि लबिङ गरिरहेका छन् । दर्जनौं टेलिशृंखला निर्देशन गरेका उनी आफूलाई अध्यक्ष बनाउन दौडधूप गरिरहेका छन् । 

निर्देशक आकाश अधिकारी र केपी पाठक पनि अध्यक्षको दौडमा छन् । चलचित्र निर्माता संघका अध्यक्षसमेत रहेका अधिकारी निर्माता संघको नेतृत्वको अनुभवले पनि आफू बोर्डको अध्यक्षका लागि योग्य रहेको भन्दै लबिङ गरिरहेको स्रोत बताउँछ । केपी पाठक पनि अध्यक्षको दौडमा रहेका अर्का आकांक्षी हुन् । पाठक भने चलचित्र महोत्सव निफको आयोजनामा लागेकाले दौडधूप तीव्र बनाउन भने सकेका छैनन् । 

उच्च रक्तचाप र सुगरका बिरामी केशव भट्टराईको हृदयाघातका कारण नियुक्ति पाएको ९ महिनामा निधन भएको थियो । दुईवर्षे कार्यकालका लागि सरकारले उनलाई गत चैतमा नियुक्त गरेको थियो ।

उनले आफ्नो कार्यकालमा बक्स अफिस लागु गर्न सुरु गरेका थिए । उनकै पालामा चलचित्र ऐनको ड्राफ्ट तयार भएको थियो । काठमाडौंको आसपासमा इनडोर फिल्म स्टुडियो निर्माणका लागि सरकारको वार्षिक आय–व्यय (बजेट भाषण) मा रकम छुट्याउन लगाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement