site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुंसवनको विमोचन, सञ्चारमन्त्री भन्छिन्, पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र आवश्यक
Sarbottam CementSarbottam Cement

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा पूर्वीयदर्शनमा आधारित अध्ययन केन्द्र स्थापना गर्नुपर्ने बताएकी छन् ।

वरिष्ठ पत्रकार कपिल काफ्लेद्वारा लिखित ‘पुंसवन’ पुस्तकको काठमाडौँमा विमोचन गर्दै उनले पूर्वीयदर्शनको ज्ञान प्रर्वद्धनका क्षेत्रमा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गर्न आवश्यक रहेको बताइन् । 

पूर्वीयदर्शन अध्ययनका लागि ‘पुंसवन’ उपयोगी हुने विश्वास भन्दै सञ्चारमन्त्री शर्माले वरिष्ठ पत्रकारद्वारा लिखित कृतिले महिला अधिकारका पक्षमा आवाज बुलन्द गर्न सहयोग पुग्ने धारणा व्यक्त गरिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

r1-1714908939.JPG
 

प्राडा कृष्ण गौतमले पूर्वीयदर्शनको विश्लेषण एवम् खोजमूलक जानकारीसहित प्रकाशन गरिएको पुस्तकले नेपाली पाठकको मनजित्न सफल हुने विश्वास व्यक्त गरे ।

Global Ime bank

कार्यक्रममा महिला अधिकारकर्मी वन्दना राणाले महिला अधिकार र सचेतना अभिवृद्धिका लागि पुस्तक उपयोगी हुने बताइन् ।

r3-1714908939.JPG
 

पुस्तकका लेखक वरिष्ठ पत्रकार काफ्लेले पूर्वीयदर्शन र महिला अधिकारका क्षेत्रलाई समेटेर तयार गरिएको सातौँ पुस्तक ‘पुंसवन’ले सनातन धर्म, संस्कृतिसहित मातृत्वको महत्व, सङ्घर्ष र चुनौतीलाई समेटेको जानकारी दिए ।

नेपाल समाचारपत्र दैनिकका संस्थापक सम्पादक रहेका वरिष्ठ पत्रकार काफ्लेको पत्रकारितासँग सम्बन्धित तीनसहित छ वटा पुस्तक यसअघि प्रकाशित भइसकेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement