site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घनश्याम राजकर्णिकारको ‘सम्झनामा मेरा पुर्खा’ लोकार्पित 
Sarbottam CementSarbottam Cement

काठमाडौं । व्यवसायी तथा यात्रा साहित्यका अग्रज स्रष्टा साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।

आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले स्पष्टरूपमा लेख्ने प्रयास गरेको बताए । उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे । राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पिता–पुर्खाको संघर्ष, कृष्ण पाउरोटीको स्थापना र अहिलेको स्थितिलाई प्रस्तुत गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए ।

अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे ।

Global Ime bank

नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यकार राजकर्णिकारले इमानदार भएर यो कृति लेखेको बताए ।

उक्त अवसरमा पद्मावती सिंह, देविका तिमिल्सिना र नील ताम्राकारले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  २२:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement