site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
द्वन्द्वपीडितको समस्या राष्ट्रिय आयोगबाट समाधान नगरे अन्तर्राष्ट्रिय आयोग जाने चेतावनी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पूर्व सभामुख दमननाथ ढुंगानाले द्वन्द्वपीडितको समस्या राष्ट्रिय आयोगबाट समाधान गर्न नसके अन्तर्राष्ट्रिय आयोगमा जानुपर्ने अवस्था आउन सक्ने नेताहरुलाई चेतावनी दिएका छन् ।

लमजुङका शिक्षक मुक्तिनाथ अधिकारीलाई माओवादीद्वारा हत्या गरिएको  १८ औं वार्षिकोत्सवको सन्दर्भमा मुक्तिनाथ अधिकारी प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख ढुंगानाले सो कुरा बताएका हुन् । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानुन सर्बोच्च अदालतले भने अनुसार संशोधन गर्न पनि आग्रह गरे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले माओवादी युद्ध राम्रा मान्छे मार्ने युद्धजस्तो रुपमा देखा नपरोस् भनेर सम्बद्ध पक्षले पीडितलाई अविलम्ब न्याय दिनुपर्ने बताए । प्रचण्डले हालै पाँच हजार  मानिसमात्रै आफूले मारेको भनेको प्रसंगमा ढुंगानाले यस्ता कुरा आयोगमा बयानका क्रममा दिनुपर्नेमा खुलामञ्‍चबाट बोल्दै हिँड्नुले यसको के संकेत हो खोज्‍ने बेला भएको जनाए ।

कार्यक्रममा बोल्दै द्वन्द्वपीडित मञ्जु कार्कीले प्रचण्डले पाँच हजार मारेको भनेकाले उनलाई सजाय दिनुपर्ने बताइन् । उनको भनाई थियो, "एकजना मार्दा त २० वर्ष जेल बस्‍नुपर्छ त्यत्रो मान्छे मारेको हुँ भन्नेलाई छोड्नुभएन ।"

Global Ime bank

अर्की द्वन्द्वपीडित देवी सुनुवारले आफ्नी छोरी मैना सुनुवारको हत्या तत्कालीन राजा ज्ञानेन्द्रको आदेशमा भएकोले आफूले उनी विरुद्ध मुद्धा दर्ता गर्ने जनाइन् । कसले मार्‍यो भन्दापनि कसको आदेशमा मारिएको हो उनीहरुलाई सजाय दिइनुपर्ने उनको भनाई थियो ।

स्वर्गीय मुक्तिनाथ अधिकारीका छोरा सुमन अधिकारीले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पन्न नेपाल सुखी नेपाली नारा दिएपनि आफू पीडितहरुलाई न्याय नदिएर दुःखी नेपाली बनाएको उल्लेख गर्दै भने," हामी चाहीँ नेपाली होइनौं ?

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश केदारनाथ उपाध्याय, राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीलगायतको पनि सहभागिता रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC