अस्ट्रेलियालाई २ सय ५६ रनको लक्ष्य

अस्ट्रेलियालाई २ सय ५६ रनको लक्ष्य

काठमाडौं । घरेलु टोली भारतले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा अस्ट्रेलियालाई २ सय ५६ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिङ गरेको भारत ४९ दशमलव १ ओभरमा अलआउट हुँदै २ सय ५६ रनको लक्ष्य दिएको हो । भारतका लागि ओपनर शिखर धवनले सर्वाधिक ७४ रन बनाए । ९१ बलको सामना गरेका शिखरले ९ चौका र १ छक्का प्रहार । 

केएल राहुलले ४७ रन बनाउँदा रिसब पन्तले २८ रन बनाए । रवीन्द्र जडेजाले २५ रन बनाउँदा कप्तान विराट कोहली १६ रनमा आउट भए । सार्दुल ठाकुरले १३ रनको योगदान दिँदा रोहित शर्मा १० रनमा पबेलियन फर्किएका थिए । मोहम्मद शमीले १० र कुलदीप यादवले १७ रन बनाए । 

अस्ट्रेलियाका मिचेल स्टार्कले ३ विकेट लिए । प्याट कुमिन्स र रिचार्डसनले २-२ विकेट लिँदा एडम जाम्पा र स्टोन अगरले १-१ विकेट लिए । २ सय ५६ रनको लक्ष्य पाएको पाहुना टोली अस्ट्रेलियाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । दुवै टोली २०२० मा पहिलो तिन एकदिवसीय सिरिज कब्जा गर्ने लक्ष्यमा छन् । 

प्रतिकृया दिनुहोस
ad