राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आज बोलाइएको बैठक पनि सूचना टाँस गरेर स्थगित गरिएको छ । आज १ बजेका लागि बैठक बोलाइएको थियो ।
बैठक माघ ६ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपा सचिवालय बैठकले निर्देशन दिएको भए पनि उनले राजीनामा गर्न मानेकी छैनन् ।
तुम्वाहाङ्फेले आफूले नै संसद् बैठक सञ्चालन गर्ने तयारी गरेकी थिइन् ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६ १२:२५
प्रतिक्रिया दिनुहोस्