विदेश
काठमाडौं । बेलायतले युरोपेली संघबाट बाहिर निस्कने पक्षमा मतदान गरेको असर डेढ महिनामै देखिन थालेको छ । हफिङटन पोस्टमा दिइएको समाचारअनुसार उत्पादकहरूको उत्पादन, माग, रोजगारीलगायतका सूचकहरूको सोमवार गरिएको 'मार्केट पीएमआई' सर्वेक्षणमा सबै सूचकहरू नकारात्मक देखिएका छन् ।
यसअघि ५२.४ प्रतिशत रहेको सूचकांक पछिल्लो सर्वेक्षणमा ४८.१ मात्र पुगेको छ । समाचारअनुसार यो चार वर्षमा सबैभन्दा कम हो ।
यसले कारखानाहरूको आम्दानी घट्ने संकेत गर्छ । समाचारअनुसार साना कारखानाहरू त पैसा सकिएर बन्द नै हुने डर हुन्छ । फलस्वरूप, रोजगारी गुम्ने, लगानी बन्द हुने जोखिम हुन्छ । त्यसबाट व्यवसायीका साथै कामदार पनि प्रभावित हुन्छन् ।
बेलायतमा जनमत संग्रह हुँदा अर्थतन्त्रका जानकार धेरैले यस्तै नकारात्मक अवस्था उत्पन्न हुनसक्ने चेतावनी दिएका थिए । तर, कामदार वर्गको ठूलो संख्याले तिनको चेतावनीलाई बेवास्ता गर्दै बहिर्गमनका पक्षमा मत दिएको थियो ।
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३ ०६:२९
प्रतिक्रिया दिनुहोस्