पोखरा । उपाधि दावेदारको रुपमा रहेको काठमाडौं गोल्डेन वारियर्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज (मंगलबार) आफ्नो अन्तिम खेल खेल्दैछ । पोखरा रंगशालामा हुने दुई टोलीबीचको खेल बिहान ११ः३० मा सुरु हुनेछ ।
आजको खेमला काठमाडौंलाई फराकिलो जितको आवश्यकता छ । चार खेल खेलेको काठमाडौं ४ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा छ । काठमाडौंले आजको खेलमा फराकिलो जित निकाल्न सकेका काठमाडौं सिधै प्लेअफमा पुग्नेछ । यदि चितवनविरुद्ध सहजै पराजित भएमा काठमाडौंलाई प्लेअफमा पुग्न मुस्किल हुनेछ ।
किनभने समान चार अंक रहेको धनगढीले काठमाडौंलाई पच्छ्याइरहेको छ । तर, काठमाडौंको नेट रनरेट पोखरा भन्दा धेरै छ ।
यता चितवन चार खेलमा चारवटै जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा छ । चार खेल खेलेको चितवन ८ अंकसहित शीर्ष स्थानमा छ । चितवन आजको खेलमा सहजै जित निकालेर फाइनलमा आफूलाई बलियो दावेदारको रुपमा प्रस्तुत गर्ने योजनामा छ ।