site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपाली चलचित्र उद्योगमा अर्को सम्भावनाको ढोका खुलेको दाबी 

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले ‘चाइना फिल्म डे’ले नेपाली चलचित्र क्षेत्रमा अर्को सम्भावनाको ढोका खोल्ने बताएका छन् । 

चीन र नेपाली चलचित्र उद्योगबीच सहकार्यको सम्भावना ‘चाइना फिल्म डे’ले बढाएकाले नेपाली चलचित्र उद्योगका लागि नयाँ सम्भावनाको ढोका खुलेको उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

उनले भने, “यो सांंस्कृतिक संबन्धको उत्सव हो । यसले हामी दुईका चलचित्रमार्फत हाम्रो संबन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने विश्वास लिएको छु ।” 

नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीको आयोजनामा काठमाडौंमा ‘चाइना फिल्म डे’ भएको हो । आयोजक नेपाल फिल्म एण्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रम केवल चलचित्र हेर्ने मात्र नभई दुई देशबीचको सम्बन्ध विस्तारका लागि  सुरुआती प्रवेशद्वार भएको बताए । उनले भने, “नेपाल र चीनबीच सहकार्यको समृद्ध इतिहास छ । यस्तो कार्यक्रम चलचित्रमार्फत आगामी संबन्धलाई अगाडि बढाउने एउटा महत्वपूर्ण कदम पनि हो ।”

चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङले नेपाल एउटा सुन्दर देश र प्राचीन सभ्यता भएको देश रहेको बताए । उनले भने, “हामी आशा गर्छौं यस चलचित्र महोत्सवबाट चीन र नेपालबीचको चलचित्र क्षेत्रमा हुने उपयोगको सहकार्यमा अझ राम्रो सम्बन्ध बन्दै जानेछ ।”

चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन वाङ जिनले हालका वर्षहरूमा चीन चलचित्रहरूका लागि विश्वको ठूलो बजार भइसकेको र नेपालमा समेत चिनियाँ चलचित्रको छायांकन भएको बताए । 

‘चाइना फिल्म डे’मा सहभागीको लागि १४ सदस्यीय टोलीको नेतृत्व गर्दै चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभागका निर्देशक सु याङसहित चर्चित चलचित्र ‘जी फर ग्याप’की अभिनेत्री तथा यु हङ सहभागी भएको आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

‘चाइना फिल्म डे’मा तीनवटा चिनियाँ चलचित्र यीहुई साओ निर्देशित ‘हर स्टोरी’ युडी झाङ निर्देशित ‘मिडसमर्स भ्वाइस’ र फेई लङ निर्देशित ‘जी फर ग्याप’ प्रदर्शन गरिएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्