site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तराईमा कस्तो छ आज हुस्सु र कुहिरोको अवस्था ?

काठमाडौं । तराईमा भूभागमा केही दिनदेखि लागेको हुस्सु र कुहिरो आज केही कम भएको छ । बिहीबार र बुधबारको तुलनामा आज हुस्सु र कुहिरो केही कम भएको हो । 

विराटनगरमा बिहान ६ बजेको भिजिविलिटी २५ सय मिटर रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

“जनकपुरमा दुई हजार मिटर, नेपालगञ्जमा चार किलोमिटर भिजिविलिटी छ,” मौसमविद् राजु प्रधानाङ बाह्रखरीसँग भन्छन्, “भैरहवामा १७ सय मिटर र सिमरामा तीन हजार मिटर भिजिविलिटी रहेको छ ।” 

KFC Island Ad
Dabur Nepal
NIC Asia

तराईका धेरै स्थानमा हिजो र अस्ति दुई हजार मिटरभन्दा कम भिजिविलिटी थियो । त्यसको तुलनामा आज केही सुधार देखिएको हो । 

बिहीबार विराटनगरमा आठ सय मिटर, धनगढीमा १२ सय मिटर, भैरहवामा दुई हजार मिटर भिजिविलिटी रहेको थियो । 

काठमाडौंमा भने तीन दिनदेखिको भिजिविलिटी उस्तै छ । आज पनि बिहान ६ बजे काठमाडौंको भिजिविलिटी ६ किलोमिटर रहेको मौसमविद् राजु प्रधानाङले जानकारी दिए । 

पूर्वी तराईदेखि पश्चिम तराईसम्म बाक्लो हुस्सु र कुहिरो लाग्दा यातायात सेवा प्रभावित हुँदै आएको छ । सडक यातायातसमेत प्रभावित बनेको थियो । 

निर्माणाधीन कच्ची सडक कुहिरो र हुस्सुको पानीले भिजेर हिलो हुँदा सवारी चलाउन कठिन भएको हो । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने क्षेत्रमा सवारी साधन आवागमन अवरुद्ध भएको थियो । 

तराईका कतिपय स्थानमा हवाई सेवा समेत प्रभावित हुँदै आएको छ । दुई हजार मिटरभन्दा तल भिजिविलिटी हुँदा विमान उडान तथा अवतरण गर्न कठिन हुन्छ । त्यसैले न्यून भिजिविलिटीका कारण हवाई सेवा पनि प्रभावित भएको हो । 

आज बिहान पनि भैरहवामा भने विमान उडान तथा अवतरणका लागि भिजिविलिटी कम छ । 

यसैबीच, आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन गरिएको हो । यो दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने पूर्वानुमान रहेको मौसमविद् प्रधानाङले जानकारी दिए । 

बिहीबार बिहान पौने ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस रहेको थियो । 

आज काठमाडौंको मौसम सफा रहनेछ । देशका केही स्थानमा आज दिउँसो आंशिक बदली भए पनि अधिकांश स्थानमा मौसम सफा रहने विभागले जनाएको छ । 

Capture-1736470520.JPG
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०६:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro