site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

आफ्नो जमानाका ‘सर्वशक्तिशाली’ शासक जनरल पर्वेज मुसर्रफलाई पाकिस्तानको एउटा अदालतले ‘राज्य द्रोह’को अपराधी ठहर गरी मृत्युदण्डको फैसला सुनाएको छ । विश्वकै सबैभन्दा शक्तिशाली मानिने अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्पविरुद्ध संसद्को तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिव’ले सत्ताको दुरुपयोग गरेको आरोपमा  महाभियोग प्रस्ताव पारित गरेको छ । मुलुकलाई हिन्दुत्वकरण गर्ने अभियानमा भारतको परम्परागत धर्मनिरपेक्ष छविविपरीत अल्पसंख्यक मुसलमानहरूलाई एक्ल्याउने अभियानमा लागेका प्रधानमन्त्री नरेन्द्र मोदीका कारण अहिले हिन्दुस्थानभर असन्तुष्टिको आगो सल्केको छ । कश्मीर खुला कैदखाना भएको छ भने उत्तरपूर्व जलिरहेछ । तैपनि मुसर्रफ, ट्रम्प र मोदीले आफूलाई नै सही ठान्छन् । उनीहरूको अहंकार र हठ पूरा गर्दा राष्ट्रको जति नै क्षति भए पनि पछुतो गर्दैनन् । 

मुसर्ररफलाई मृत्युदण्ड दिने विशेष अदालतको फैसला उपल्लो अदालतले उल्ट्याउन सक्छ । त्यहाँको शासनमा सबैभन्दा बढी शक्ति र प्रभाव भएको सेनाले आफ्ना पूर्वसेनापतिलाई दिइएको मृत्युदण्डको विरोध गरिसकेको छ ।  सेनाको इच्छाविपरीत प्रधानमन्त्री इमरान खानले अदालतको फैसला कार्यान्वयन गर्नु त परैजाओस् मान्नुपर्छ भन्न पनि सक्तैनन् । यसैले मुसर्रफलाई सुनाइएको मृत्युदण्डको सायद नैतिक र ऐतिहासिक मूल्यमात्रै हुनेछ । अमेरिकी राष्ट्रपति ट्रम्प महाभियोगको प्रस्ताव पारित गरिएका तेस्रा राष्ट्रपति हुन् । संसद्को माथिल्लो सदन सिनेटमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । यसैले अहिलेको प्रस्ताव पारित हुँदैमा ट्रम्प पदबाट हट्नुपर्दैन । यथा, प्रधानमन्त्री मोदीको पनि संसद्मा प्रचण्ड बहुमत छ । उनको दल भारतीय जनता पार्टीमा पनि मोदीको नेतृत्वलाई कसैले चुनौती दिएको छैन । यसैले सिगैं मुलुकलाई ‘कैदखाना’ र ‘असन्तोषको आगो’मा धकेलेर पनि उनी प्रधानमन्त्री भइरहनसक्छन् ।  

Prabhu Bank
Agni Group
NIC Asia

मुसर्रफका समर्थकहरूले जति नै ‘राजनीतिक प्रतिशोध’ भने पनि त्यतिबेलाको निर्वाचित प्रधानमन्त्री नवाज सरिफको सरकारविरुद्ध उनले संविधानविपरीत सैनिक विद्रोह गरेकै हुन् । पाकिस्तानको कानुनले त्यसलाई राज्यद्रोह ठान्छ र त्यसको सजाय मृत्युदण्ड हुन्छ । मुसर्रफले सजाय भोग्न त सायद नपर्ला तर इतिहासमा उनी राज्यद्रोहको अभियोगमा मृत्युदण्ड दिइएका व्यक्ति बनेका छन् । यस्तै डोनाल्ड जे. ट्रम्प अमेरिकी इतिहासमा महाभियोगको कलंकबाट मुक्त हुनसक्नेछैनन् । नरेन्द्र मोदीलाई दुनियाँले संसारको सबैभन्दा ठूलो लोकतन्त्रलाई समाप्त पारेर जातीय प्रभुत्व स्थापना गर्ने व्यक्तिका रूपमा सम्झनेछ । यिनीहरूले शक्तिशाली हुँदा जति दमन गरे पनि इतिहासलाई मेट्न त पक्कै सक्तैनन् । सामयिक इतिहासका यी पात्र र घटनाबाट नेपाली शासकहरूले केही पाठ सिक्लान् त ?

एघारौं शताब्दीको मानिने संस्कृत चम्पु काव्य ‘भोजप्रबन्ध’मा बालक राजा भोजले आफूलाई मार्न लगाउने संरक्षक मुञ्जलाई लेखेको भनिएको एउटा श्लोक शासकहरू सबैका लागि मननीय छ : 
‘‘मान्धाता च महीपतिः कृतयुगालंकार भूतो गतः
सेतुर्येन महोदधौ विरचितः क्वासौ दशस्यान्तकः 
अन्ये चापि युधिष्ठिर प्रभृतिभिर्याता दिवम् भूपते
नैकेनापि समम् गता वसुमती नूनम् त्वया यास्यति ।’’
साँच्चै हो ! मर्दा कसैले केही लाँदैन । व्यक्ति गएपछि उसको कीर्ति, कृति र कलंक न बाँकी रहन्छ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस ३, २०७६  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC