site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको लागि आवेदन खुला

काठमाडौं । नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौथो संस्करण २०२० मा आयोजना हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था ‘नेपाल-अमेरिका फिल्म सोसाइटी’ले सन् २०१७ देखि प्रत्येक वर्ष यो महोत्सवको आयोजना गर्दै आएको छ । वासिङ्टन डिसी महानगर क्षेत्रमा केन्द्रित रहेर आयोजना गरिने चौथो संस्करण यही जुन २६ देखि २८ सम्म चल्नेछ ।

महोत्सवको लागि विश्वभरिबाट आवेदन खुला गरिएको छ । जसमा इच्छुकले अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ । 
 
महोत्सवसमा नेपालका फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने छन् । प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचिहरुलाई पुरस्कारको पनि व्यवस्था गरिने छ ।

चलचित्र प्रदर्शनीसँगै संस्कृति र नयाँ प्रविधिबारे प्यानल छलफल तथा कार्यशालाहरु पनि आयोजना हुनेछन् भने उपस्थित निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम पनि राखिने जानकारी दिएका छन् ।

यो चलचित्र महोत्सवमार्फत नेपाली मात्र नभई अमेरिकामा रहेका अन्तर्राष्ट्रिय डायस्पोराको साझा मञ्‍चको रुपमा स्थापित गराउने लक्ष्य आयोजकको छ ।

गत जुन महिनामा सम्पन्न तेस्रो संस्करणमा निर्देशक बिनोद पौडेलको ’बुलबुल’ उद्धघाटन चलचित्र र निर्देशक प्रवीन स्याङ्गबोको चलचित्र ’कथा’७२ ’ समापनमा प्रदर्शन भएको थियो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, मंसिर २५, २०७६  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro